कचौरी खान रेल रोक्ने पाइलट निलम्बित (भिडियोसहित) « Khabarhub

कचौरी खान रेल रोक्ने पाइलट निलम्बित (भिडियोसहित)


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईहरुले बस, माइक्रो लगायतमा यात्रा गर्दा चालकले रोकेर खाजा, चुरोट, गुट्खा वा पानी किनेको देख्नु भएको होला। तर रेलमा यात्रा गर्नेहरुले पक्कै पनि रेलका चालकले खाजा किन्न रेल रोकेको देख्नु भएको छैन होला । भारतमा भने एक रेलका चालकले रेल रोकेर बाटोमा खाजा किनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतको राजस्थानस्थित अलवरमा एक रेलका पाइलटले कचौरी, खस्ता (भारतीय खाजाका परिकारको नाम) किन्न स्थानीय बजारमा रेल रोके । उनले स्थानीय बजारबाट कचौरी लिन रेल रोक्नु अघि नै एक व्यक्तिले उनको भिडियो खिच्ने तयारी थालेका थिए । उनी नियमित बजारमा रेल रोकेर एक पसलेसँग कचौरी किन्दै आएकाले ती व्यक्तिले उनको भिडियो खिचेका थिए । खाजा लिए पछि ती चालकले रेल अघि बढाएका थिए ।

भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानीय रेल प्रबन्धकको निगरानीमा घटनाको अनुसन्धान थालिएको छ । घटनामा संलग्न २ रेल पाइलट, दुइ गेटम्यान र एक प्रशिक्षक गरी पाँच जना निलम्बनमा परेका छन् । अलवरको दाउदपुर क्रसिंगमा यस्तो लापरवाही भएको पहिलो पटक भने होइन । हरेक दिन बिहान ८ बजे क्रसिंगलाई रोकेर रेलका पाइलटलाई खाजा पुराइन्थ्यो । यस क्रममा कैयौँ यात्री रेलका पाइलटको कचौरी प्रेमका कारण सास्ती बेहोर्दै आएका थिए । पाकिस्तानमा पनि यस अघि एक रेल पाइलटले दही किन्न रेल रोकेका कारण कारबाहीमा परेका थिए ।

भिडियो हेर्नुहोस्

 

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : २१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ