कचौरी खान रेल रोक्ने पाइलट निलम्बित (भिडियोसहित) « Khabarhub

कचौरी खान रेल रोक्ने पाइलट निलम्बित (भिडियोसहित)


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईहरुले बस, माइक्रो लगायतमा यात्रा गर्दा चालकले रोकेर खाजा, चुरोट, गुट्खा वा पानी किनेको देख्नु भएको होला। तर रेलमा यात्रा गर्नेहरुले पक्कै पनि रेलका चालकले खाजा किन्न रेल रोकेको देख्नु भएको छैन होला । भारतमा भने एक रेलका चालकले रेल रोकेर बाटोमा खाजा किनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतको राजस्थानस्थित अलवरमा एक रेलका पाइलटले कचौरी, खस्ता (भारतीय खाजाका परिकारको नाम) किन्न स्थानीय बजारमा रेल रोके । उनले स्थानीय बजारबाट कचौरी लिन रेल रोक्नु अघि नै एक व्यक्तिले उनको भिडियो खिच्ने तयारी थालेका थिए । उनी नियमित बजारमा रेल रोकेर एक पसलेसँग कचौरी किन्दै आएकाले ती व्यक्तिले उनको भिडियो खिचेका थिए । खाजा लिए पछि ती चालकले रेल अघि बढाएका थिए ।

भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानीय रेल प्रबन्धकको निगरानीमा घटनाको अनुसन्धान थालिएको छ । घटनामा संलग्न २ रेल पाइलट, दुइ गेटम्यान र एक प्रशिक्षक गरी पाँच जना निलम्बनमा परेका छन् । अलवरको दाउदपुर क्रसिंगमा यस्तो लापरवाही भएको पहिलो पटक भने होइन । हरेक दिन बिहान ८ बजे क्रसिंगलाई रोकेर रेलका पाइलटलाई खाजा पुराइन्थ्यो । यस क्रममा कैयौँ यात्री रेलका पाइलटको कचौरी प्रेमका कारण सास्ती बेहोर्दै आएका थिए । पाकिस्तानमा पनि यस अघि एक रेल पाइलटले दही किन्न रेल रोकेका कारण कारबाहीमा परेका थिए ।

भिडियो हेर्नुहोस्

 

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : २१ बजे

विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता

काठमाडौं– विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता

नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)

चितवन– मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो

१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा