वामपन्थी नेता वर्माको निधनमा राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त « Khabarhub

वामपन्थी नेता वर्माको निधनमा राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनमा शोक व्यक्त गरेकी छन्।

वर्माको निधनले आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति उनले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । साथै उनले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन्।

‘वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उहाँको योगदान चिरस्मरणीय रहनेछ’, राष्ट्रपतिले ट्वीट गर्दै भनेकी छन् ।

वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : १४ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा