राजविराज नगरपालिका आज सार्वजनिक बिदा « Khabarhub

राजविराज नगरपालिका आज सार्वजनिक बिदा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराज नगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । पाँच वर्षअघि आजकै दिन मलेठ घटनामा सहादत प्राप्त गरेका पाँचजनाको सम्झनामा सार्वजनीक बिदा दिएको नगरपालिकाले जनाएको छ।

एमालेले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत २३ फागुन २०७३ मा सप्तरीमा राखिएको कार्यक्रममा तत्कालीन मधेसी मोर्चाले अवरोध पुर्‍याउन खोज्दा प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएको थियो ।

प्रहरीको गोली लागी मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । सरकारले यी पाँचैजनालाई शहीद घोषणा गरिसकेको छ ।

पाँचै जनाले सहादत प्राप्त गरेको स्मरणमा सार्वजनिक बिदा दिइएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : २० बजे

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देशहरू किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता