कालीकोटमा बढ्यो स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी « Khabarhub

कालीकोटमा बढ्यो स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन कालीकोटका राजनीतिक दल सक्रिय भएका छन् ।

जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ ।

जिल्लाका मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् ।

राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ । भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेता गाउँगाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो । आगामी निर्वाचनमा वडादेखि पालिका सम्मको नेतृत्वमा पुग्न आकांक्षी दलभित्रसमेत आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

 जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा पालिकामा माओवादी केन्द्र, एक पालिकामा नेपाली कांग्रेस र एक पालिकामा नेकपा एमाले र दुई पालिकामा एकीकृत समाजवादी विजयी भएका थिए । कांग्रेस विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमाले आफ्नो साख जोगाउने लक्ष्यमा छ । नेकपा (माओवादी केन्द्र) पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ ।

स्थानीय तह र वडास्तरमा रहेका पार्टीका समितिको बैठक डाकेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले थप निर्वाचन लक्षित योजना पनि बनाएको पार्टीका जिल्ला सभापति अम्बबहादुर शाहीले बताए  ।

सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौ, पार्टी सगंठन विभिन्न भ्रातृ तथा शुभेच्छुक सगंठनहरू चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन् उनले भने ।  

पालिका कमिटीको बैठकमार्फत वडा कमिटी हुँदै टोल र टोल कमिटी गठन गर्ने र जनवर्गीय सङ्गठनको गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाँईले बताए ।

 स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीलाई चुनावमा केन्द्रित हुन भनेका छौँ ,सबै पालिका र वडा कमिटी क्रियाशील छन्, यसपटक माओवादीको सुदृढ सगंठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ उनले भने ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी)ले समेत आफ्नो सगंठनलाई जिल्लाको सबै पालिका स्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी सङ्गठन निर्माणसँगै जनवर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको पार्टीका जिल्ला अध्यक्ष विश्वराज बमले बताए । जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १ : ५३ बजे

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देशहरू किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता