कालीकोटमा बढ्यो स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी « Khabarhub

कालीकोटमा बढ्यो स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन कालीकोटका राजनीतिक दल सक्रिय भएका छन् ।

जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ ।

जिल्लाका मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् ।

राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ । भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेता गाउँगाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो । आगामी निर्वाचनमा वडादेखि पालिका सम्मको नेतृत्वमा पुग्न आकांक्षी दलभित्रसमेत आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

 जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा पालिकामा माओवादी केन्द्र, एक पालिकामा नेपाली कांग्रेस र एक पालिकामा नेकपा एमाले र दुई पालिकामा एकीकृत समाजवादी विजयी भएका थिए । कांग्रेस विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमाले आफ्नो साख जोगाउने लक्ष्यमा छ । नेकपा (माओवादी केन्द्र) पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ ।

स्थानीय तह र वडास्तरमा रहेका पार्टीका समितिको बैठक डाकेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले थप निर्वाचन लक्षित योजना पनि बनाएको पार्टीका जिल्ला सभापति अम्बबहादुर शाहीले बताए  ।

सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौ, पार्टी सगंठन विभिन्न भ्रातृ तथा शुभेच्छुक सगंठनहरू चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन् उनले भने ।  

पालिका कमिटीको बैठकमार्फत वडा कमिटी हुँदै टोल र टोल कमिटी गठन गर्ने र जनवर्गीय सङ्गठनको गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाँईले बताए ।

 स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीलाई चुनावमा केन्द्रित हुन भनेका छौँ ,सबै पालिका र वडा कमिटी क्रियाशील छन्, यसपटक माओवादीको सुदृढ सगंठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ उनले भने ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी)ले समेत आफ्नो सगंठनलाई जिल्लाको सबै पालिका स्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी सङ्गठन निर्माणसँगै जनवर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको पार्टीका जिल्ला अध्यक्ष विश्वराज बमले बताए । जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १ : ५३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका