माओवादीले चुनावपछि मात्र पदाधिकारी चयन गर्ने « Khabarhub

माओवादीले चुनावपछि मात्र पदाधिकारी चयन गर्ने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक आज बसेको हो । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने स्रोतले बतायो । अहिले माओवादी केन्द्रमा प्रचण्ड एकल अध्यक्ष छन्। अरू सबै केन्द्रीय सदस्य मात्रै हुन्।

महाधिवेशन सकिएको भोलिपल्ट पुस १९ गते प्रचण्ड अध्यक्ष चयन भए पनि अरू पदाधिकारी चयन भएका छैनन्। कुन पदमा कति जना रहन्छन् भन्ने पनि माओवादीले टुंगो लगाउन सकेको छैन।

महासचिवमा विवाद चर्को देखिएपछि अरु पदमा समेत चयन गर्न हम्मेहम्मे परेको हो । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि मात्रै यी विषयमा छलफल गर्ने गरी केन्द्रीय कमिटीको बैठक आज सम्पन्न गर्न लागेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १ : ४४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका