पुटिनद्वारा युक्रेनमा फेरि युद्धविराम घोषणा « Khabarhub

पुटिनद्वारा युक्रेनमा फेरि युद्धविराम घोषणा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छाड्न चाहनेहरूकालागि भन्दै युद्धविरामको घोषणा गरेको छ ।

रुसी फौजले ती शहरहरुमा स्थानीय समयअनुसार बिहान १० बजे देखि युद्धविराम घोषणा गरेको हो । युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वयको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै युद्धविराम घोषणा गरिएको हो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमै अनुरोध गरेका कारण युद्धविराम घोषणा गरिएको रुसी पक्षको भनाइ छ । रुसी पक्षले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिएको जनाएको छ ।

२४ फेब्रुअरीमा रुसी फौजले युक्रेनमा सैनिक कारवाही थालेयता त्यहाँ भिडन्त जारी छ । केही दिनअघिमात्रै दुई मुलुकले मारिउपोल शहरमा युद्धविराम गरी शहर छाड्न चाहनेहरूका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति गरेका थिए । यद्यपि सो क्षेत्रमा रुसी आक्रमण नरोकिएको युक्रेनी दाबी छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने