गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना « Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मधेश प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिकस्थलको अवलोकन र पूजाअर्चना गरेका छन् ।

 तीन दिने भ्रमणको अन्तिम दिन आज मुख्यमन्त्री पोखरेलले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरमा र रामायणकालीन लक्ष्मीसागर तलाउमा पूजाअर्चना गरेका हुन् ।

लक्ष्मीसागर तलाउ त्रेतायुगमा रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको पवित्र ठाउँ मानिन्छ । पहिले श्री लक्ष्मीनारायण मन्दिर पुगेका  पोखरेलले भगवान लक्ष्मीनारायणको पूजाआराधना गरेका थिए  । त्यसअवसरमा मुलुकभरिकै मठहरुको नायक मठ श्री लक्ष्मीनारायण परिसरको अवलोकन पोखरेलले गरेका छन् । मुख्यमन्त्री पोखरेल लक्ष्मीसागर पुगेर पवित्र तलाउको पूजा र आरतीमा सरिक भएका थिए  ।

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निमन्त्रणामा शनिबार जनकपुर क्षेत्रको भ्रमणमा आएका पोखरेल आज पोखरा फर्कने कार्यक्रम छ । यसअघि पोखरेलले महोत्तरीको बर्दिबास नगरक्षेत्रका धार्मिकस्थलको भ्रमण गरेका थिए । भ्रमणका क्रममा मधेश प्रदेशको विकास प्रयत्नलाई नजिकबाट नियाल्न पाएको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ५८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने