रुसको सरकारी टीभी ह्याक « Khabarhub

रुसको सरकारी टीभी ह्याक


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ह्याकरहरूको समूह अनोनिमसले रुसको सरकारी टेलिभिजन ह्याक गरेको दाबी गरेको छ । ट्वीट गर्दै उक्त ह्याकर समूहले टीभी प्रसारणको बेला ह्याक गरेर युक्रेनमा जारी युद्धको दृश्य देखाइएको दाबी गरेको हो ।

रसा ट्वेन्टीफोर, च्यानल वन र मस्को ट्वेन्टीफोर सहितका च्यानल तथा रुसी स्ट्रमीङ सेवा विन्क र इभीमा ह्याक गरेको अनोनिमसको दाबी छ । यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

अर्को पोस्टमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘अनोनिमस अभियान’ सञ्चालन गरिएको दाबी गरिएको छ।

‘हामी विश्वका लागि सकारात्मक परिवर्तन गर्न सक्छौँ। त्यो नै सधैँको योजना हो।’ अनोनिमसको ट्वीटमा लेखिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता अनोनिमसले रुसी साइबर पूर्वाधारहरुलाई लक्षित गरी साइबर आक्रमणहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : २८ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा