अष्ट्रेलियाको नौसेनामा नेपाली « Khabarhub

अष्ट्रेलियाको नौसेनामा नेपाली


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न- अष्ट्रेलियाको नौसेनामा एक नेपाली भर्ती भएका छन् । चितवनका सिमन धन खड्का सेनामा भर्ती भएका हुन् । सिमन सन् २००८ को क्रिसमसको दिन मेलबर्न पुगेका थिए ।

‘म सुरुमा स्टडी भिसामा अस्ट्रेलिया आएको थिएँ र दुई वर्ष अटोमोटिभ मेकानिक टेक्नोलोजी पढेको थिएँ,’ खड्काले भने । पढाईसँगै उनले मेलबर्नका होटल र बारहरूमा काम गरेका थिए ।

उनी अझ राम्रो करियर बनाउने खोजीमा भौतारिरहेका थिए । उनका बुबा भारतीय सेनामा ३३ वर्षसम्म सिपाही थिए । त्यसैले पनि उनले बुबाको पाइला पछ्याएर सेनामा भर्ना भएका थिए।

“जब मैले सेनाको वेबसाइट हेर्दै थिए र जागिर खुलेको देखें। के-के जागिर खुलेको रहेछ भनेर हेर्दा नौसेनामा जहाज पाइलटको पनि जागिर देखें। यो जागिर मेरो लागि उपयुक्त होला जस्तो लाग्यो र म आज यहाँ छु,’ सिमन खड्काले भने।

“मलाई वार्डरूममा काम गर्न रमाइलो लाग्छ । मलाई फरक-फरक व्यक्तिहरूसँग समय बिताउँदा रमाइलो लाग्छ, त्यसैले पनि यो कामलाई म माया गरिरहेको छु ।

सिमन खड्का एडिलेडमा सेवा गरिरहेका छन्। उनी जनवरी १७ देखि टोंगा असिस्ट २०२२ मा खटिएका छन् ।

सिमन खड्काको यो पहिलो समुद्री पोस्टिंग हो । जब उनलाई पङ्गाइमोटु टापुको किनारमा सरसफाइमा मद्दत गर्नको लागि जान चाहनुहुन्छ कि भनेर सोधिएको थियो, उनी खुसीले उफ्रिएका थिए ।

सिमन खड्काले भने, “टापुको सरसफाई गरेर स्थानीय समुदायलाई सहयोग गर्नु भनेको स्फूर्तिदायी र पुनः उर्जादायी अनुभूति हो।

“म सधैं अरुलाई मद्दत गर्न उद्दत रहन्छु । यो अर्थपूर्ण काम थियो र मलाई गर्व छ कि मेरो पहिलो यात्राले टोङ्गनका मानिसहरूलाई मद्दत गर्न सफल भयो । त्यो अवसर पाउँदा म धेरै भाग्यमानी छु।”

हुङ्गा टोंगा–हुंगा हापाईमा पानीमुनि ज्वालामुखी विष्फोटपछि अस्ट्रेलियाली सरकारले टोङ्गन सरकारलाई सहयोग स्वरुप अष्ट्रेलियाको रक्षा बललाई ‘अपरेशन टोंगा असिस्ट २०२२’ रुपमा तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ३५ बजे

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स