अष्ट्रेलियाको नौसेनामा नेपाली « Khabarhub

अष्ट्रेलियाको नौसेनामा नेपाली


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न- अष्ट्रेलियाको नौसेनामा एक नेपाली भर्ती भएका छन् । चितवनका सिमन धन खड्का सेनामा भर्ती भएका हुन् । सिमन सन् २००८ को क्रिसमसको दिन मेलबर्न पुगेका थिए ।

‘म सुरुमा स्टडी भिसामा अस्ट्रेलिया आएको थिएँ र दुई वर्ष अटोमोटिभ मेकानिक टेक्नोलोजी पढेको थिएँ,’ खड्काले भने । पढाईसँगै उनले मेलबर्नका होटल र बारहरूमा काम गरेका थिए ।

उनी अझ राम्रो करियर बनाउने खोजीमा भौतारिरहेका थिए । उनका बुबा भारतीय सेनामा ३३ वर्षसम्म सिपाही थिए । त्यसैले पनि उनले बुबाको पाइला पछ्याएर सेनामा भर्ना भएका थिए।

“जब मैले सेनाको वेबसाइट हेर्दै थिए र जागिर खुलेको देखें। के-के जागिर खुलेको रहेछ भनेर हेर्दा नौसेनामा जहाज पाइलटको पनि जागिर देखें। यो जागिर मेरो लागि उपयुक्त होला जस्तो लाग्यो र म आज यहाँ छु,’ सिमन खड्काले भने।

“मलाई वार्डरूममा काम गर्न रमाइलो लाग्छ । मलाई फरक-फरक व्यक्तिहरूसँग समय बिताउँदा रमाइलो लाग्छ, त्यसैले पनि यो कामलाई म माया गरिरहेको छु ।

सिमन खड्का एडिलेडमा सेवा गरिरहेका छन्। उनी जनवरी १७ देखि टोंगा असिस्ट २०२२ मा खटिएका छन् ।

सिमन खड्काको यो पहिलो समुद्री पोस्टिंग हो । जब उनलाई पङ्गाइमोटु टापुको किनारमा सरसफाइमा मद्दत गर्नको लागि जान चाहनुहुन्छ कि भनेर सोधिएको थियो, उनी खुसीले उफ्रिएका थिए ।

सिमन खड्काले भने, “टापुको सरसफाई गरेर स्थानीय समुदायलाई सहयोग गर्नु भनेको स्फूर्तिदायी र पुनः उर्जादायी अनुभूति हो।

“म सधैं अरुलाई मद्दत गर्न उद्दत रहन्छु । यो अर्थपूर्ण काम थियो र मलाई गर्व छ कि मेरो पहिलो यात्राले टोङ्गनका मानिसहरूलाई मद्दत गर्न सफल भयो । त्यो अवसर पाउँदा म धेरै भाग्यमानी छु।”

हुङ्गा टोंगा–हुंगा हापाईमा पानीमुनि ज्वालामुखी विष्फोटपछि अस्ट्रेलियाली सरकारले टोङ्गन सरकारलाई सहयोग स्वरुप अष्ट्रेलियाको रक्षा बललाई ‘अपरेशन टोंगा असिस्ट २०२२’ रुपमा तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ३५ बजे

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव