सहिद स्मारक ‘बी’ डिभिजनमा अत्यधिक गोल « Khabarhub

सहिद स्मारक ‘बी’ डिभिजनमा अत्यधिक गोल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग काठमाडौँमा जारी छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सन्चालन गर्ने भएको छ ।

१४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुने छन् । एन्फाले १८ फागुनबाट सुरु गरेको लिगको १४ खेल समाप्त भइसकेका छन् ।

सम्पूर्ण टिमले दुई दुई खेल खेलेसँगै आज लिगलाई विश्राम दिएको छ । लिगका ७७ खेल बाँकी रहँदा ५० गोल पूरा भएका छन् । औषतमा प्रत्येक खेलमा ३ दशमलब ५७ गोल भएका छन् ।

दोस्रो डिभिजनको जारी लिगमा चर्च ब्वाईज युनाईटेड र टुसाल युथ क्लब तथा मध्यपुर युथ एसोसियसन र सामाजिक युथ क्लबबीच सर्वाधिक ७–७ गोल भएका छन् । दुवै खेलमा ५–२ अन्तरका टुंगिएको थियो । जारी लिगमा बाँसबारी क्लब र टुसाल युथ क्लबीचको खेलमा मात्रै गोल निस्किएको छैन ।

दुई चरणको खेल सकिँदा चर्च ब्वाईजले सर्वाधिक ७ गोल गरेको छ भने मध्यपुर युथ एसोसियसन, श्रीकुमारी क्लब तथा सामाजिक युथ क्लबले ५–५ गोल गरेका छन् ।

दुई खेलमा सतप्रतिशत जित निकालेका चर्च ब्वाईज युनाइटेड र श्रीभगवती क्लब समान ६ अंक भए पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

चार अंकको सरस्वती युथ क्लब तेस्रो स्थानमा छ । यस्तै, समान तीन अंक भए पनि मध्यपुर, खुमलर युथ क्लब, रानीपोखरी कर्नर टिम आरसीटी, ब्वाईज युनियन क्लब क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।

त्यस्तै, नयाँबस्ती युथ क्लब र श्रीकुमारीको समान दुई अंक रहेको छ । यी टिम आठौँ र नवौँ स्थानमा छन् । यता, समान एक अंकका वीरगञ्ज युनाइटेड, झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, सामाजिक युथ क्लब र टुसाल युथ क्लब क्रमशः १० औँ देखि १४ औं स्थानसम्म छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ०० बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा