संघलाई दबाब दिन मुख्यमन्त्रीहरूको सामूहिक आवाज आवश्यकः मुख्यमन्त्री पोखरेल « Khabarhub

संघलाई दबाब दिन मुख्यमन्त्रीहरूको सामूहिक आवाज आवश्यकः मुख्यमन्त्री पोखरेल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अधिकारका सवालमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सामूहिक आवाज आउनुपर्ने बताएका छन् ।

यसका लागि पोखरामा मुख्यमन्त्रीहरूको पुनः भेला आयोजना गर्ने मुख्यमन्त्री पोखरेले बताएका छन् ।

मधेश प्रदेश भ्रमणबाट पोखरा फर्किएलगत्तै पत्रकारहरूसँगको कुराकानीमा उनले संघ सरकारको दबाबका लागि मुख्यमन्त्रीहरूको साझा आवाज तयार गर्ने बताए ।

‘संघ सरकार प्रदेशप्रति अनुदार छ । यो कुरा सार्वजनिक रूपमा भनेका पनि छौँ । मैले मुख्यमन्त्रीहरूलाई कन्भिन्सको प्रयत्न गरिरहेको छु,’ उनले भने, ‘मुख्यमन्त्रीहरूको सामूहिक आवाज गयो भने केन्द्रीय सरकारलाई दबाब पुग्छ । यसलाई स्वभाविक लिनुपर्छ ।’

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि मुख्यमन्त्रीहरूको भेला आयोजना गर्न सुझाव दिएको उनले बताए ।

‘उता पनि मैले कुरा गरेर आएको छु । उहाँले गण्डकीले आयोजना गरिदियोस् भन्नुभएको छ । अरु मुख्यमन्त्रीसँग पनि सम्पर्क गरेर भेला गरौँ भनेको हुँ,’ उनी भन्छन्, ‘विगतमा पनि भेला भएको थियो तर निश्चित नतिजा नआउँदै टुंगियो । त्यसलाई पूरा गर्न गण्डकी सरकारले नै पहल गर्नुपर्छ भन्ने मेरो सोच हो ।’

मधेश प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजी बराल, पर्यटनमन्त्री मणिभद्र शर्मासहित पर्यटन व्यवसायी र कर्मचारीहरूको टोली तीनदिने भ्रमणमा गएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ३३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने