युक्रेनमा कुख्यात रुसी युद्ध सरदारको हत्या « Khabarhub

युक्रेनमा कुख्यात रुसी युद्ध सरदारको हत्या


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसका एकजना कुख्यात युद्ध सरदार युक्रेनमा मारिएका छन् । रुस समर्थित नवनाजी ‘स्पर्टा बटालियन’ नामक लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको गोली हानी हत्या भएको जनाइएको छ ।

गत शनिबार पूर्वी युक्रेनको भोल्नोभ्का शहरमा उनको हत्या गरिएको हो । उनको मृत्यु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ठूलो धक्का रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिम नपाएका सैनिकसँगै युद्धमा होमिएका कारण रुसका उच्च सैनिक अधिकारीहरु हताहतीको जोखिममा अष्ट्रेलियाको न्यूज डट कम डट एयूले जनाएको छ ।

युक्रेनमा मारिने उनी दोश्रो वरिष्ठ सैनिक अधिकारी हुन् । यसअघि युक्रेनमा रुसी फौजका एकजना मेजर जनरलको मृत्यु भइसकेको छ ।

युद्धबाट हालसम्म अपेक्षाअनुसार परिणाम नआएका कारण युक्रेनमा आक्रमण गरिरहेको रुसी फौजको मनोबल कमजोर हुन थालेको विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने