मिथिला परिक्रमा जारी, महोत्तरीमा एक तीर्थयात्रीको मृत्यु « Khabarhub

मिथिला परिक्रमा जारी, महोत्तरीमा एक तीर्थयात्रीको मृत्यु


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमा यात्रारत एक तीर्थालुको मृत्यु भएको छ ।

महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासी बेहोस भएकी तीर्थयात्री प्रमिलादेवी साहको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी भारतको बिहार मधुबनी जिल्लास्थित बासोपाट्टीकी निवासी रहेको आफन्तले बताएको

जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार मात्र मिथिला परिक्रमा सहभागी भक्तजनको टोली मट्टीहानी आइपुगेको थियो । आज पाँचौं दिन तीर्थालुको ठूलो समूह मट्टीहानीबाट जलेश्वर प्रस्थान गरेको छ । आज जलेश्वरमा बास बसेर भोलि उनीहरू मडई जाने छन् ।

तीर्थालुहरूको व्यवस्थापनलाई ध्यानमा राखी आज जलेश्वरमा सार्वजनिक बिदासमेत दिइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ४५ बजे

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका