जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनलाई मोदीको आग्रह « Khabarhub

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनलाई मोदीको आग्रह


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवम् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको छ । भारतीय विदेशमन्त्रालयले प्रधानमन्त्री मोदीले पुटिनसँग टेलिफोन वार्ता गरेको जानकारी दिएको हो । दुई नेताबीच ५० मिनेट संवाद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमा विकसित घटनाक्रमबारे पुटिन र मोदीबीच कुराकानी भएको जनाइएको छ । कुराकानीका क्रममा मोदीले पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका थिए ।

जवाफमा पुटिनले युक्रेनसँग जारी शान्तिवार्तामा भएको प्रगति विवरण सुनाएको जनाइएको छ ।

यसअघि मोदीले जेलेन्स्कीसँग पनि टेलिफोन वार्ता गरेका थिए । टेलिफोन वार्ताका क्रममा मोदीले युक्रेनमा फसिरहेका भारतीय विद्यार्थीहरुको उद्धारमा युक्रेनको सहयोग खोजेको बताइएको छ  ।

३५ मिनेटसम्म चलेको जेलेन्स्की–मोदी टेलिफोन वार्तामा युक्रेनका राष्ट्रपतिले भारतले युक्रेनलाई प्रदान गरेको राहत सामग्रीका लागि धन्यवाद प्रकट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर