सार्वजनिक बिदामा समेत ट्रायल सुरु गर्न मन्त्री दाहालको निर्देशन « Khabarhub

सार्वजनिक बिदामा समेत ट्रायल सुरु गर्न मन्त्री दाहालको निर्देशन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक बिदाको दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिएका छन् । 

यातायात व्यवस्था कार्यालय सवारी चालक  अनुमतिपत्र वागमती एकान्तकुना ललितपुरको बारेमा गुनासो आएपछि सोमबार स्थलगत अनुगमन र कर्मचारीसंग छलफल गर्दै मन्त्री दाहालले जनताका गुनासो धेरै आएको भन्दै बिदामा समेत ट्रायल सुरु गर्न निर्देशन दिएका हुन् ।

 आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउँ दै उनले आफुहरु आएर निर्देशन दिदाँ समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कारबाही सुरु गरेको बताए।

 त्यस्तै कर्मचारी बाहेकका व्यक्तिहरु कार्यालय भित्र प्रवेश गरेर चलखेल गरेको विषयमा पनि स्पष्टीकरण सोधेको जानकारी दिए । सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायातको समस्या हल गर्न डिजिटल प्रणालीलाई थप प्रभावकारी बनाइने बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ४२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने