विश्व व्यापारमा भारतको हिस्सा बढाउन आह्वान « Khabarhub

विश्व व्यापारमा भारतको हिस्सा बढाउन आह्वान


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका केन्द्रीय वाणिज्यमन्त्री पीयूष गोयलले विश्व व्यापारमा भारतको हिस्सा बढाउन आह्वान गरेका छन् ।

‘मेक इन इण्डिया फर द वर्ल्ड’ नामक भर्चुअल बैठकलाई सम्बोधन गर्दै गोयलले यस्तो बताएका हुन् ।

यसबाहेक उनले भारतीय कूल ग्राहस्थ उत्पादनमा निर्यातको हिस्सा बढाएर २५ प्रतिशत पुर्‍याउन समेत आह्वान गरे ।

कार्यक्रममा उनले भने, ‘यी महत्वकांक्षी लक्ष्य हुन् तैपनि मलाई लाग्छ, गर्न सकिन्छ । अहिले धेरै देशहरुले आत्मनिर्भर भारतजस्ता कार्यक्रमहरु अघि सारिरहेका छन् ।’ उनले भारतलाई विश्व सेवा व्यापारको शीर्ष तीन देशको स्थानमा पुर्‍याउन समेत आह्वान गरे । ‘हामी सबै रोजगारी सिर्जना गर्ने होऔँ, भारतको उत्पादन क्षेत्रको वातावरणलाई मजबुत बनाऔं ।’ उनले भने ।

‘प्रायः समयको माग एकदमै छिटो गतिमा छ, पाठ्यक्रममा परिवर्तन भने सुस्त गतिमा छ । अवश्य पनि धेरै समस्याहरु छन्, पाठ्यक्रम एकै रातमा परिवर्तन गर्न सकिन्न तर मलाई लाग्छ समसामयिक पाठ्यक्रम उत्तिकै महत्वपूर्ण छन् ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ५९ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस