जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ « Khabarhub

जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंउपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगीमा गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ । 

अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाण्डौको कोटेश्वर, नयाँबानेश्वर, चावहिल, बालाजु लगायतका स्थानबाट ठगीमा सक्रिय व्यक्तिहरू पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाएको अपराध महाशाखाले जानकारी दियो ।

पक्राउ पर्नेमा अर्घाखाँचीका अमर पाण्डे, तिलकराम पाण्डे, लमजुङका आनन्द मरहठ्ठा सिराहाका विवेक यादव, अश्विन राई, घनश्याम पहाडी, सृजना लामिछाने, ज्ञानु न्यौपाने,रामवचन कुमार लगायतका व्यक्तिहरू पक्राउ परेका छन् ।

प्रहरीको अनुसन्धानबाट प्रहरीले जब सेन्टरहरुले  विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनीहरू दर्ता गर्ने र उक्त कम्पनीहरूले सामाजिक सञ्जाल,पत्रपत्रिका ,प्रचार पम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भन्ने  प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टी शुल्क लिने गरेको पाइएको छ ।

फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुविधा नदिई केहि  समयमा उक्त जागिर छोड्न बाध्य बनाउने गरेको थियो ।

कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेकोभनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीको अनुसन्धानमा देखाएको प्रहरीले जानकारी दियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ३० बजे

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी,

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा