नेकपा एकीकृत समाजवादी : माधव नेपालको राजनीतिक प्रतिवेदन पारित « Khabarhub

नेकपा एकीकृत समाजवादी : माधव नेपालको राजनीतिक प्रतिवेदन पारित


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सोमबार काठमाडौँमा बसेको बैठकले राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा ३७ जना पोलिटब्यूरो सदस्यहरुले राखेका सुझावलाई समेत समेटेर परिमार्जन गर्ने निर्णय भएको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनले उक्त प्रतिवेदन आगामी फाल्गुन २५ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने बताए । उनले पार्टी अब आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुने जानकारी दिए। राजनीतिक प्रतिबेदनमा एमसीसी मुलुकको हित अनुसार अघि बढाइएको, गठबन्धनको रक्षा लगाएतका विषय तथा निर्वाचन केन्द्रीय कार्ययोजना रहेको उनको भनाइ छ ।

एमसीसीलाई संसदबाट अनुमोदनपश्चात सम्मानित नेता झलनाथ खनालसहितका नेताको असन्तुष्टि समाधानका लागि नेपालको प्रतिवेदनमा समेटिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने