आईपीएल : कोलकत्ता शीर्ष स्थानमा, मुम्बईले खाता खोल्न सकेन « Khabarhub

आईपीएल : कोलकत्ता शीर्ष स्थानमा, मुम्बईले खाता खोल्न सकेन


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडरर्स विजयी भएको छ।

कोलकत्ताले पुनेमा बुधबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको हो। यो जितसँगै कोलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो।

कोलकत्ताको जितमा पाट कुमिन्स ५६ र भेन्काटेस आयरले ५० रन बनाए। मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुईदुई विकेट लिए।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले ५२ र तिलकवर्माले अविजित ३८ रन जोडे। कोलकत्ताका पाट कुमिन्सले दुई, उमेश यादव र वरुण चक्रवर्तीले एकएक विकेट लिए।

मुम्बईले अंक जोड्न सकेको छैन भने शीर्ष स्थानको कलकत्ताले चार खेलमा ६ अंक बनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : १५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको