महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री अस्पतालमा: स्वास्थ्य अवस्था सामान्य « Khabarhub

महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री अस्पतालमा: स्वास्थ्य अवस्था सामान्य


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेका छन् ।

लोसपा नेता सुरेन्द्रकुमार झाका अनुसार बुधबार राति अस्पताल पुगेर गृहमन्त्री खाँणले स्वास्थ्य अवस्था बुझेका हुन् । अस्पताल पुगेर गृहमन्त्रीले स्वास्थ्य लाभको कामना गरेको झाको भनाइ छ ।

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष महन्थ ठाकुरजीको स्वास्थ्य अवस्था बुझ्न नेपाल सरकारको गृहमन्त्री माननीय बालकृष्ण खाँणजी मेडिसिटी अस्पताल आउनु भयो साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभयो’, झाले भने ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार भैरहवाको भिम अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो । ठाकुरलाई निमोनिया देखिएको र उपचार जारी रहेको अस्पतालले जनाएको छ।

मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा जयेन्द्र बज्राचार्यका अनुसार ठाकुरको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : २७ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६