सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठलाई सेवाबाट हटाइँदै « Khabarhub

सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठलाई सेवाबाट हटाइँदै


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।

नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।

उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन् । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ ।

गृहले श्रेष्ठलाई ७ दिनभित्र सफाइ पेश गनए पनि भनेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : ०२ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म