‘पाँच दलीय गठबन्धन अस्थायी सहकार्य हो' | Khabarhub Khabarhub

‘पाँच दलीय गठबन्धन अस्थायी सहकार्य हो’



माओवादी केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले माओवादीका तर्फबाट कानुन तथा न्याय र स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हाले। माओवादी सशस्त्र विद्रोहको सुरुवातीदेखि नै संघर्ष गर्दै आएका गुरुङ माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै अन्तरिम संसद् र माओवादी सहभागी भएको पहिलो सरकारमा सहभागी भए। सत्तारुढ गठबन्धनले रामचन्द्र पौडेल नेतृत्वमा बनाएको निर्वाचन तयारी तथा अनुगमन समीतिमा माओवादीको तर्फबाट सदस्य बने। चीनले एमाले र माओवादीसहित वाम एकताको तयारी गरिरहेको आशंका गरिरहेको समयमा गुरुङको नेतृत्वमा माओवादी नेता र उनीभन्दा अघि एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेताहरु चीन भ्रमण गरेपछि अहिले पनि उनको भ्रमणबारे चासो कायमै छ। खबरहबका लागि सहकर्मी लक्ष्मण फुयालले गुरुङसँग स्थानीय चुनावमा माओवादी केन्द्रको तयारी, स्थानीय चुनावमा गठबन्धनको अवस्था, चीन भ्रमण, कम्युनिष्ट पार्टीबीच एकतामा चीनको चासो, वाम एकताको सम्भावनालगायत विषयमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ताको सम्पादित अंश :

माओवादीको चुनावी तयारी कस्तो छ ?

संवैधानिक व्यवस्था अनुसार पाँच-पाँच वर्षमा हुने आवधिक निर्वाचन नियमित प्रक्रियाको अनुसारको निर्वाचन भएको हुनाले स्वाभाविक ढंगले निर्वाचनको कार्यतालिका अनुसार समयसँगै जनता, नेता, पार्टी कार्यकर्ता शुभचिन्तकले सबैले पाँच-पाँच वर्षमा निर्वाचन हुने अर्थमै स्वभाविक ढंगले बुझ्ने कुरा भयो। त्यही अनुसारको तयारीमा हामी लागेका छौँ।

निर्वाचनमा केन्द्रित संगठन निर्माण र कार्यकर्ताको परिचालन माओवादीले कसरी गरिरहेको छ ?

निर्वाचनमा सबै दलले आ–आफ्नो पक्षमा परिणाम ल्याउने प्रयास गर्छन्। त्यही अनुसार स्वभाविक ढंगबाट नेकपा (माओवादी केन्द्र) ले आफ्नो पक्षमा परिणाम ल्याउन प्रयास र पहल गर्ने कुरा स्वभाविक प्रक्रिया हो। त्यही अनुसार प्रयास र पहल भइ राखेको छ।

स्थानीय चुनावमा परिणामपछि माओवादीको स्थान कुन हुने अनुमान गर्नुभएको छ?

यो विषय जनताले मतदानको प्रक्रियाबाट निर्धारण गर्ने कुरा हो। दलहरूले स्वभाविक रुपमा आफ्नो अग्र स्थानमा हुने परिकल्पना गर्छन्। अधिक र अधिकतम रुपमा आफ्नो पक्षमा मतदान हुने, विजय हुने खालको अनुमान प्राय सबै दलको हुन्छ। नेकपा माओवादी केन्द्रले पनि अधिकतम रुपमा बढीभन्दा बढी सिटहरू प्राप्त हुनेछ। विजय हुने अपेक्षा हाम्रो पनि छ।

स्थानीय चुनावका लागि तयारी तथा अनुगमन समिति बनेको छ? यसले कसरी काम गर्छ ?

समितिको बैठक बसेपछि यसको कार्यविधि र प्रक्रियालगायत सबै विषयमा छलफल हुन्छ। यो छलफल सुरु गरिसकेका छौँ। थप छलफल र मापदण्ड बनाउने विषयको टुंगो अर्को बैठकले गर्छ।

सत्तारुढ गठबन्धनले भागवण्डाको तय के आधारमा गर्छ ?

स्थानीय पालिकाबाट सल्लाह सुझाव रायको संकलन प्रक्रिया हुन्छ। स्थानीय पालिका, जिल्ला, प्रदेश हुँदै सबै आआफ्नो दलका तर्फबाट सुझाव मागेका छौँ। सबै सुझाव आएपछि अन्तिम निर्णय हुन्छ।

सँगसँगै युद्ध लडेका नेताहरु अलगअलग पार्टीमा हुनुहुन्छ। किन सबैलाई समेट्ने प्रयास भएको छैन ?

बाबुरामजीले कम्युनिष्ट सिद्धान्त, माक्सवाद, लेनिनवाद, माओवाद, कम्युनिष्ट आदर्श र मूल्य मान्यता छोडिसक्नुभयो। उहाँसँग एकता र एकीकरणको विषय कठिन हुन्छ।। अरू घटक कम्युनिष्ट नै हुन्। कम्युनिष्ट घटकको सन्दर्भमा कतिपय कार्यनैतिक प्रश्न, संगठनात्मक प्रश्नको बारेमा कतिपय मतभेद विवाद अलग भएता पनि एकता र एकीकरण हुनुपर्छ। बृहत् रुपमा एउटा कम्युनिष्ट बनाउनुपर्छ भन्ने अभियानमा हामी छौं। यसले कहिले साकार लेला अथवा कहिले सफल होला वा नहोला भविष्यले बताउने छ। अहिले त्यो प्रक्रिया अभियानमै रहेको हुनाले हाम्रो प्रयास ढिलो चाँडो सफल हुनेमा आशावादी छौँ।

माओवादीले आफ्नो एजेण्डा छाड्यो, प्रतिबद्धता भुल्यो भन्ने आरोप लागेको छ, के भन्नुहुन्छ?

एक आपसमा कसैकसैलाई लाग्नसक्छ। वर्ग संघर्षको महान् अभियान लामो छ। यो लामो अभियानमा संघर्षका मोडमा उतारचढाव हुन्छन्। समग्रतामा हेर्दा अहिले कम्युनिष्टभित्र निश्चित रूपले मतविभेद छन्। उदारवादी ढंगले सोच्ने चिन्तन् पनि छन्। थोरैथोरै दक्षिण झुक्ने चिन्तन पनि छ। थोरैथोरै वाम चिन्तन छ। कम्युनिष्ट आन्दोलनमा थोरै दक्षिण र वाम झुकाप समय समयमा देखिन्छ। यस्तो अन्तरविरोध पैदा भइरहन्छ। अन्तरविरोध नभइकन दुई लाइन संघर्ष चल्दैन। दुई लाइन संघर्ष नभइकन कम्युनिष्ट पार्टीको जीवनलाई हराभरा बनाउन सक्दैन। दुई लाइनको बीचमा छलफल र अन्तक्रिया जारी छ।

कसैले मूल्य मान्यता छोडिहाल्यो भनेर हुँदैन। सम्रगमा कम्युनिष्ट प्रक्रियामा रहेको छ। पूर्व माओवादी घटक सबै कम्युनिष्ट प्रक्रियामै छन्। कम्युनिष्ट आन्दोलनमै रहेको छ। खाली सोचाइमा केही अन्तर छन्। दीर्घकालीन रुपमा समाजवाद र साम्यवादी क्रान्ति सम्पन्न नगरी हुँदैन। मूल्य मान्यता सबैमा समान छ। संघर्षका स्वरुप कहिले सहस्त्र हुन्छन्। कहिले शान्तिपूर्ण हुन्छन्। कहिले वैधानिक हुन्छन्, कहिले अवैधानिक हुन्छन्। सबै संघर्षको अवलम्बन गर्नुपर्छ। समाज परिवर्तनको लागि मालेमवादको विकल्प छैन। वैचारिक रुपमा अहिलेको युगमा वैज्ञानिक विचारनै मालेमवाद हो। वैचारिक रुपमा जो माओवाद छोडेर गए उनीहरुको कुरा अलग भयो। पूर्वमाओवादी घटक कम्युनिष्ट आन्दोलनमै छन्।

माओवादी निकै कमजोर रहेकाले कांग्रेसको सहयोग नपाएसम्म केही गर्न सक्दैन भन्ने आरोप छ। के भन्नुहुन्छ ?

कमजोर र बलियोको प्रश्न विचारमा निहित रहने विषय हो। संख्याले निर्धारण गर्ने विषय परेन। विचारले निर्धारण गर्ने विषय पर्यो। संख्याले निर्धारण गर्ने विषय भएको भए एक जमनामा राणा र पञ्चको एकक्षत्र राज थियो। २०४६ पछि कांग्रेको लगभग दुई तिहाई थियो। अहिले बनेको पाचँ दलीय गठबन्धन अस्थायी सहकार्य हो। यस्तो सहकार्य २४ घण्टामा अदलबदल हुनसक्छ। एमालेले सहकार्य गर्दा ठिक हुने माओवादीले गर्दा बेठिक हुने भन्ने हुँदैन्। सहकार्य मुलुकको परिस्थिति अनुसार हुन्छ।

एक वर्ष अगाडिसम्म एमालेसंग सहकार्य थियो। त्यो सहकार्य टिकाउ हुन सकेन। एमालले संसद विघटन गर्यो। संवैधानिक निकाय कब्जा गर्‍यो। संसद् रोक्ने काम गर्‍यो। यो सबै घटनाले सिस्टम उल्टाउने काम गर्‍यो। नेपाली कांग्रेस पुँजीवादी पार्टी भएता पनि यथास्थितिमा रहेको छ। संविधान बचाउने पक्षमा छ।

चीनको पनि भ्रमण सम्पन्न गरेर फर्कनुभएको छ ? चीनले नेपालको राजनीतिलाई कसरी हेरेको रहेछ ?

चीन हाम्रो पुरानो मित्र हो। छिमेकी पनि हो। धेरै परापूर्वकालदेखि नै नेपाल र चीनबीच दौत्य सम्बन्ध छ। जनस्तरमा राम्रो सम्बन्ध स्थापित हुँदै आइरहेको छ। त्यसमा हामी कुनै समस्या देख्दैनौं। समस्या रहित हुँदाहुँदै पनि कतिपय थोरै थोरै समस्या बढ्न थालेको छ। चिनियाँ कोणबाट हेर्दा केही समस्या छैन। त्यो उहाँहरुले समस्या समीक्षा गर्ने कुरा भयो। नेपालको तर्फबाट दुई देशको दौत्य सम्बन्ध निरन्तरता कायम राख्ने सवालमा नेपालको तर्फबाट केही समस्या बढ्दै गएको देखिन्छ। समस्या रुपमा असंल्न सिद्धान्तलाई पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्र अनुसार कुनै पनि मुद्दालाई शान्तिपूर्ण तरिकारले सवांद गर्दै निष्कर्षमा पुग्नुपर्ने हुन्छ। असंल्न सिद्धान्तलाई पञ्चशीलको सिद्धान्तलाई दरोसाथ आत्मसाथ गर्नुपर्छ।

कतिपयले चीनले वाम एकता चाहेको छ भनिरहेका छन्। तपाईंलाई चिनियाँले के भनेर पठाए ?

कम्युनिष्टहरूले हरेक कम्युनिष्ट बीचमा एकता होस् भनेर चाहन्छन्। यो कुनै नौलो विषय भएन। परम्परातगत रुपमा भन्दै आएको विषय हो। हामी पनि त्यही भन्छौं। विश्वका कुनै पनि कम्युनिष्टमा एकता होस् भन्छौं । चाहे भारतको कम्युनिष्ट होस्, चाहे बंगालदेश श्रीलंकाको कम्युनिष्ट होस्। चीनले पनि यो विषयमा चासो राख्नु स्वभाविक हो। यसमा अन्यथा मान्नु पर्ने छैन। एउटा कम्युनिष्टले अर्को कम्युनिष्ट एकताबद्ध हुनुपर्छ भन्नु स्वभाविक हो। यो नयाँ नौलो विषय होइन। एकता हुने नहुने विषय सम्बन्धित मुलुकका पार्टीमा निर्भर हुन्छ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ५ : १० बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर