संकट समाधानका लागि श्रीलंकाली राष्ट्रपतिद्वारा सल्लाहकार समूह गठन « Khabarhub

संकट समाधानका लागि श्रीलंकाली राष्ट्रपतिद्वारा सल्लाहकार समूह गठन


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दीर्घकालको लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरूले जनाएका छन् । उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरू रहेको बताइएको छ ।

सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेवारी पाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चर्को आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव खेपिरहेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चर्किरहेका बेला राष्ट्रपति राजपाक्षेले सल्लाहकार समूह गठन गरेका हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १ : ०२ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र