बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोट डाँडा ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ गरी अदालत बुझाइएको छ ।

उच्च अदालत पाटनको १ चैत २०७८ को फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ गोंगबुबाट पक्राउ गरेको हो ।

लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी माथि उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  २ : २२ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी