अष्ट्रेलियाले थप ६७ रुसीमाथि प्रतिबन्ध लगाउने « Khabarhub

अष्ट्रेलियाले थप ६७ रुसीमाथि प्रतिबन्ध लगाउने


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाले थप ६७ जना रुसी विरुद्ध प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा ६७ रुसीमाथि वित्तीय तथा यात्रा प्रतिबन्ध लगाउन लागिएको अष्ट्रेलियन विदेशमन्त्री मरिस पेनले जानकारी दिइन् ।

‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका कठोर काममा सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र धनाढ्यविरुद्ध प्रतिबन्धको घोषणा गर्दैछु’, बेल्जियमको राजधानी ब्रसेल्समा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।

नयाँ प्रतिबन्धमा रुसी सैनिक अधिकारी कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ र उप प्रधानमन्त्री दिमित्री ग्रिगोरेन्को समेत परेको रोयटर्सले जनाएको छ ।

यससँगै अष्ट्रेलियाले प्रतिबन्ध लगाएका रुसीहरुको संख्या झण्डै ६ सय पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । बुचा र किभ नजिकका क्षेत्रमा रुसी युद्ध अपराधका प्रमाण फेला परेसँगै नयाँ प्रतिबन्ध घोषणा गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ३ : १८ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला