नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन : डा. भट्ट « Khabarhub

नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन : डा. भट्ट


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले अर्थतन्त्र भयावह अवस्थामा नरहेको र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताए। उनले नेपालको मुद्रा स्फितीमा पनि समस्या देखा परेको उल्लेख गरेका छन् ।

शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो रु र नेपालमा कति रकम बाहिरबाट आयो रु भन्ने कुरा हेर्दा शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको उनले बताए।

भट्टले गत वर्षमात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात भएको जानकारी दिए । औषधि लगायतका अत्यावश्यक वस्तु आयात गर्नको लागि पनि विदेशी विनिमय सञ्चिती जतन गर्नुपर्ने उनको भनाइ छ ।

अहिलेको मूल्य वृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको र विदेशी विनिमय सञ्चितीमा चनाखो हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : ४९ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र