नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन : डा. भट्ट « Khabarhub

नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन : डा. भट्ट


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले अर्थतन्त्र भयावह अवस्थामा नरहेको र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताए। उनले नेपालको मुद्रा स्फितीमा पनि समस्या देखा परेको उल्लेख गरेका छन् ।

शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो रु र नेपालमा कति रकम बाहिरबाट आयो रु भन्ने कुरा हेर्दा शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको उनले बताए।

भट्टले गत वर्षमात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात भएको जानकारी दिए । औषधि लगायतका अत्यावश्यक वस्तु आयात गर्नको लागि पनि विदेशी विनिमय सञ्चिती जतन गर्नुपर्ने उनको भनाइ छ ।

अहिलेको मूल्य वृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको र विदेशी विनिमय सञ्चितीमा चनाखो हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : ४९ बजे

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन

माओत्सेले सके ‘पेन्सन पट्टा’को सुटिङ

काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को