‘हामीलाई तीन चिज चाहिएको छ– हतियार, हतियार अनि हतियार’ « Khabarhub

‘हामीलाई तीन चिज चाहिएको छ– हतियार, हतियार अनि हतियार’


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणविरुद्ध लड्न आफूहरुलाई हतियार चाहिएको युक्रेनी विदेशमन्त्रीले जनाएका छन् ।

उत्तर एटलाण्टिक सन्धी संगठन नेटोका विदेशमन्त्रीहरुको बैठकअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफूहरुलाई हतियार चाहिएको बताएका हुन् । ‘मेरो एजेण्डा सामान्य छ, हामीलाई तीनवटा चिज मात्र चाहिएको छ– हतियार, हतियार, हतियार’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘जति धेरै र जति चाँडै युक्रेनमा हतियारहरु आइपुग्छन्, त्यति नै धेरै मानिसको जीवन बचाउन सकिन्छ, त्यति नै धेरै शहर र गाउँहरु ध्वस्त हुँदैनन् ।’ उनले भने, ‘मेरो विचारमा युक्रेनीहरुको प्रस्ताव स्पष्ट छ : हामीलाई हतियार दिनुहोस्, हामी हाम्रो जीवन बलिदान गर्नेछौँ र युक्रेनमा युद्ध रोकिनेछ । यत्ति हो ।’

नेटोआबद्ध मुलुकका विदेशमन्त्रीहरुको बैठकले युक्रेनलाई प्रदान सैनिक सहयोगबारे छलफल गर्ने बीबीसीले जनाएको छ । यता रुसले भने युक्रेनमा हतियार आपूर्ति गर्ने कदमले शान्तिवार्तामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ५ : १६ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्