प्रचारका लागि कांग्रेसले बनायो कलाकारहरूको उपसमिति, को–को छन् ? (सूचीसहित) « Khabarhub

प्रचारका लागि कांग्रेसले बनायो कलाकारहरूको उपसमिति, को–को छन् ? (सूचीसहित)


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसले ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् ।

‘वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने छन् । हाम्रो उम्मेदवारलाई सघाउने छन् । हामी सांस्कृतिक माध्यमले पनि प्रचारप्रसारमा जुट्ने छौँ,’ कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल जोगिन्दरले बताए ।

उनले यतिबेला सांस्कृतिक संघको सक्रियतामा पार्टीको प्रचारका लागि गीतसंगीत तथा भिडियो तयार पार्ने काम भइरहेकोसमेत जानकारी दिए ।
‘हामी अहिले हाम्रो सांस्कृतिक पक्षलाई बलियो बनाउन जुटेका छौँ’, उनले भने । नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिमा हरेक जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्य मनोनीत गरिएको महामन्त्री रिजालले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : ०२ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड