कांग्रेसले बनायो ७१ कलाकारलाई लिएर उपसमिति « Khabarhub

कांग्रेसले बनायो ७१ कलाकारलाई लिएर उपसमिति


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आसन्न स्थानीय निर्वाचनको लागि नेपाली कांग्रेसले ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ । 

डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् । वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने छन् । हाम्रो उम्मेदवारलाई सघाउनेछन् । हामी सांस्कृतिक माध्यमले पनि प्रचारप्रसारमा जुट्ने छौँ’ काँग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल जोगिन्दरले बताए ।

उनले यतिबेला सांस्कृतिक संघको सक्रियतामा पार्टीको प्रचारका लागि गीत संगीत तथा भिडियो तयार पार्ने काम भइरहेको समेत प्रस्ट्याए । ‘हामी अहिले हाम्रो सांस्कृतिक पक्षलाई बलियो बनाउन जुटेका छौँ’- उनले भने । नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिमा हरेक जिल्लाबाट प्रतिनिधित्व हुने गरि सदस्य मनोनीत गरिएको महामन्त्री रिजालले बताए । 

&nbsp;

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : ५१ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र