नविल एसईईअन्तर्गत प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला « Khabarhub

नविल एसईईअन्तर्गत प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैर नाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोशियल अन्टरप्रेरनरशिप (नविल एसईई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला गरिएको छ ।

सामाजिक उद्यमशिलता प्रवर्द्धन गर्न संचालन गरिएको ब्याचअन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रममध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याचको आवेदन खुला गरिएको हो ।

फेलोशिप कार्यक्रम भने यसअघि नै सुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरू र क्षेत्रहरूमा देशभर सामाजिक उद्यमशिलता प्रवर्द्धनलाई जोड दिएको छ ।

मानिसहरूलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनालाई उद्यममा रूपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो ।

यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने छ ।

आवेदकहरूले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरूको छनौट गरिने छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ११ : ५५ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।