'नेपालमै उत्पादन गरेर बिक्री गर्न पाए देश धनी हुन्थ्यो' | Khabarhub Khabarhub

‘नेपालमै उत्पादन गरेर बिक्री गर्न पाए देश धनी हुन्थ्यो’

क्यालिभर सूज नेपालका प्रबन्ध निर्देशक अमन गौतमसँगको कुराकानी


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नेपाली बजारमा परिचित ब्रान्ड हो, क्यालिवर सूज । बुवा कालिदास गौतमले २५ वर्ष अगाडि स्थापना गरेको कारखानाबाट ब्राण्डको स्थापना गरिएको हो । क्यालिवर सूजको अहिले नेपालमा ४२ वटा शाखा छन् । १५० भन्दा बढीले यो कम्पनीबाट रोजगारी पाएका छन् । नेपाल मात्र नभई विदेशमा पनि परिचित यस ब्रान्डको जुत्ताको माग धेरै छ । क्यालिवर सूज नेपालका प्रबन्ध निर्देशक अमन गौतमसँग सुवास प्रधानले गरेको कुराकानीको सम्पादित अशंः

बुवाले सुरु गरेको बिजनेसलाई अगाडि बढाउनुपर्छ भन्ने सोच कसरी आयो ?
पारिवारिक बिजनेस भएकाले अगाडी बढाउनु पर्छ भन्ने त पहिलेबाटै थियो । बुवाले गरेको काम देखेर पनि होला । मेरो प्यासन बढ्दै गयो । त्यतिबेलादेखि नै हाम्रो जुत्ता बजारमा आएको थियो । व्यापार पनि राम्रै थियो । सबैले रेस्पोन्स राम्रै गर्नु भएको थियो । हाम्रो ब्रान्ड नभए पनि नेपाल भरी पाँच सय साठी पार्टनर हुनु हुन्थ्यो । हामीले जुत्ता बनाएर उहाँहरूलाई उपलब्ध गरायौँ । रेस्पोन्स राम्रो भएकै कारण हामीले यसलाई ब्रान्ड बनाउनु पर्छ भन्ने सोचेर अघि बढ्यौ । आज भन्दा साढे चार वर्ष अघि दाइ र म मिलेर ‘नेक्स्ट टाटा ओम ब्रान्ड’ स्थापना गर्‍यौ । अहिले राम्रै भइरहेको छ ।

कोभिडले संसारभरि आर्थिक मन्दी हुँदा तपाईँको बिजनेसमा कत्तिको असर गर्‍यो ?
लामो समयसम्म फ्याक्ट्री नै बन्द गरेर राख्नु परेको थियो । बजारमा सामान पठाउन पाइएको थिएन । धेरै लगानी लगाइएको हुन्छ । ऋण लिएको हुन्छ । सबै बन्द गरेर राख्दा धेरै अफ्ठ्यारो भयो । अहिले पनि आर्थिक मन्दीले गर्दा गाह्रो भइरहेको छ । चुनौती धेरै आए । तर बिस्तारै ‘ओभरकम’ हुने प्रक्रियामा छ ।

नेपालमा क्यालिवर सुजले जुन ब्रान्ड सेटअप गरेको छ । ब्रान्ड भ्यालुलाई कसरी मेन्टेन गर्नु भएको छ ?
ब्रान्डको भ्यालु त प्रोडक्टले देखाउने हो । हाम्रो प्रडक्ट पहिलेबाट सबैले मन पराउनु भएको छ । ब्रान्ड मात्र बलियो बनाएर प्रडक्ट राम्रो भएन भने लामो समय टिक्न सकिँदैन । उपभोक्ताले लगाउनु भयो । सन्तुष्ट हुनु भयो । एक जनाले लगाएर अर्को जनालाई रिकमेन्ट गर्ने भएकाले पनि राम्रो भइरहेको छ । अहिले बिस्तारै ब्रान्डको मूल्य बढ्दै गइरहेको छ ।

तपाईँहरुको दरवारमार्गमा शोरुम छ, ब्रान्डमा मूल्य उचित नै देखिन्छ, निर्धारण कसरी गर्नुहुन्छ ?

दरबारमार्गमा त संसारकै राम्रो ब्रान्डहरू छन् । उचित मूल्यमा हामीले आफ्नो ब्रान्ड दिन सक्छौ । हामी पनि कम छैनौ भनेर त्यहाँ शोरुम खोलेका हौँ । । हामीले नेपालमै बनाएको भएर मेनुफ्याक्चिरङ मूल्य र मार्जिन कम गरेर उपभोक्तालाई सेवा दिएका छौँ । बजारमा विभिन्न ब्रान्डहरू छन् । तर सकेसम्म हामीले राम्रो र गुणस्तरीय सामान दिन खोजिरहेका छौँ । जुत्ताले स्वास्थ्यमा पनि भूमिका खेल्दछ, जसका कारण हामीले बनाउँदा पनि उच्चस्तरको सामग्री प्रयोग गरेका छौँ ।

अन्तर्राष्ट्रिय स्तरमा क्यालिवरको माग कस्तो छ ? नेपालमा आउने व्यक्तिहरुले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?
हाम्रो उत्पादन धेरै जना विदेशीले लगाउनु भएको छ । विभिन्न देशका व्यक्तिहरुले लगेर पनि जानु भएको छ । र, धेरैले मन पनि पराउनु भएको छ । हामीलाई धेरैले प्रस्ताव पनि गर्नु भएको छ, हाम्रो उत्पादन विदेशमा बिस्तार गर्नको लागी हो । जसका लागि एक जना फिनल्यान्ड, दुबई, भारत लगायतका देशबाट एप्रोज आएका छन् ।

तपाईँको फ्याक्ट्रीबाट एक सय पचास भन्दा बढीले रोजगारी पाउनु भएको छ । आफैँले गरेको कामबाट कत्तिको सन्तुष्ट हुनु हुन्छ?
एकदमै सन्तुष्ट छु । अरुलाई रोजगारी दिँदा झन् बढी खुसी हुने रहेछ । अझै धेरै गर्न बाँकी छ । नेपालको ब्रान्डलाई अझैँ माथि पुराउनुपर्छ । अहिलेसम्मको कामबाट सन्तुष्ट भए पनि अझै भविष्यमा धेरै अगाडि बढ्नु छ ।

नेपालदेखि विदेशमा तपाईँको ब्रान्ड धेरैले प्रयोग गर्नु भएको छ । मागलाई कसरी पूर्ति गरिरहनु भएको छ ? कत्तिको कठिन छ ?
एकदमै कठिन छ । नेपालमा दक्ष जनशक्तिको अभाव धेरै छ । धेरै युवाहरू नेपालबाहिर हुनु हुन्छ । त्यहाँबाट रेमिटेन्स पठाएर देशलाई केही सजिलो भएको छ । उत्पादन बढाउनको लागि कामदारको पनि आवश्यकता पर्छ । यसको लागी कामदार नहुँदा समस्या भइरहेको छ । हामीले बजारको माग पुरा गर्न सकेका छैनौँ । सरकारले कच्चा पदार्थलाई प्राथमिकता दिनु पर्छ र सहज वातावरण बनाउनु पर्छ ।

नेपाली प्रोडक्ट उत्पादन गर्ने ब्यापारीहरुलाई सरकारले कसरी लिइरहेको छ ?
सरकारले नीति बनाएर अगाडी बढ्यो भने धेरै राम्रो हुन्छ । अझै पनि नेपालको मार्केट सेल्फ डिपेन्डेन्ट भएर चल्न सक्ने अवस्थामा छैन । विदेशबाट सामान आयात गर्नुपर्छ । विदेशबाट विभिन्न मेसिनहरु ल्याएर नेपालमै उत्पादन गर्दा अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ । नेपालमै उत्पादन गरेर बिक्री गर्न पाए मात्रै देश धनी हुन्छ । यो कुरा एक व्यवसायी, एक श्रमिक र एक सरकारले मात्रै बुझे पनि धेरै विकास हुन्छ । हामी सबैले यो कुरा मनन् गरेर अघि बढ्ने हो भने देश आर्थिकरुपमा समृद्ध बन्न धेरै समय लाग्दैन ।

नेपालमै बसेर देशलाई चिनाई रहनु भएको छ । नेपालमै केही गर्छु भन्ने निर्णय कसरी लिनु भयो ?
विदेशमा गएर बसौँ भन्ने सोच हामीमा कहिल्यै पनि आएन । मेरो बुवाले पनि धेरै मेहनत गरेर यहाँसम्म आउनु भयो । देश र बुवा आमा छाडेर बाहिर जाने सोच्न सकिएन । पहिलेदेखि स्थापित कम्पनीलाई फरक ढङ्गले केही गर्न सकिन्छ भन्ने महसुस भएकाले पनि यही विजनेसलाई अघि बढायौँ । विदेशमा घुम्न गएर धेरै कुरा सिक्न सकिन्छ । विदेशमा सिकेर नेपालमा केही गर्छु भन्ने सोच आउन जरुरी छ । म सबै नेपालीलाई स्वदेशमै बसेर केही गर्न आग्रह गर्छु ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : १५ बजे

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन– भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक-गोन्द्राङ् छ लेन सडकखण्ड

जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

नेविसंघको प्रश्न : केपी बा च्या खानु’भो ? रवि दाइ खोइ जीबी राई ? (तस्बिरहरू)

काठमाडौं- सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

पर्सा– मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका

किन गर्ने सूर्य नमस्कार ? गर्नेका लागि फाइदै फाइदा

काठमाडौं– सूर्यले हामीलाई प्रकाश दिन्छ । सूर्यकै उज्यालोमा हामी दिनमा