एसियाली खेलकुद : पहिलो दिन तेक्वान्दोका २४ खेलाडी छनोट « Khabarhub

एसियाली खेलकुद : पहिलो दिन तेक्वान्दोका २४ खेलाडी छनोट


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् ।

विभिन्न ६ तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने २४ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगिताको महिला ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का पहिलो, लुम्बिनी प्रदेशकी निलिमा मल्ल दोश्रो तथा एपीएफकी गीता विष्ट र नेपाल प्रहरीकी आयशा लामा तेश्रो भए ।

६७ केजीमुनि नेपाल आर्मीकी रेष्मा थापा पहिलो, एपीएफकी संगिता बस्याल दोश्रो तथा बाग्मती प्रदेशकी शारुन गुरुङ र प्रहरीकी इन्दिरा बसनेत तेश्रो बने । ४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो, बाग्मतीकी सदीक्षा कार्की दोश्रो तथा बाग्मतीकी रोशनी श्रेष्ठ र प्रहरीकी अन्जली तामाङले तेश्रो स्थान हात पारे ।

५७ केजीमुनि आर्मीकी सन्ध्याकुमारी सिंह प्रथम, प्रहरीकी सुष्मा श्रेष्ठ द्वितीय तथा प्रहरीकी सुस्मिता मोक्तान र बाग्मतीकी सामना खड्गीले तेश्रो स्थान हासिल गरे ।

पुरुष ५८ केजीमुनि सुदूरपश्चिम प्रदेशका सुमित विष्ट पहिलो, प्रहरीका सुवासचन्द्र बोहरा दोश्रो तथा आर्मीका राहुल कुमाल र विशाल राई तेश्रो भए । ८० केजीमुनि आर्मीका सागर गुभाजु पहिलो, आर्मीका सुवास केसी दोश्रो तथा आर्मीका किरण आले र प्रहरीका कवि अधिकारी तेश्रो भए ।

छनोटको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अवलोकन गरेका थिए । प्रतियोगितामा एकल पुम्सेसहित ११ स्पर्धा समावेश छन् । बाँकी ५ स्पर्धा छनोट प्रतियोगिताको अन्तिम दिन शनिबार हुने छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ३१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित