श्रीलंकामा फेरि आपतकाल घोषणा « Khabarhub

श्रीलंकामा फेरि आपतकाल घोषणा


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् ।

सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।

श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीव्र अभावले २ करोड २० लाख जनसङ्ख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ ।
सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : २४ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर