आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप : नेपाली टोलीको बिदाइ | Khabarhub Khabarhub

आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप : नेपाली टोलीको बिदाइ


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टर्कीको इस्तानबुलमा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।

चार महिला खेलाडीसहित २ प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।

टोलीमा ४८ किलो तौल समूहमा नेपालकी उदयमान खेलाडी सुस्मा तामाङ समेटिएकी छन्। तामाङले यस अघि पनि आईव युथ वल्र्ड च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा आफूलाई ६ नं. वरीयतामा उभ्याउन सफल रहेकी छन् ।

त्यसै गरी ५२ किलो तौल समूहमा १३औँ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल एवम् एसियन ग्राण्डस्लाम बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी मिनु गुरुङले प्रतिस्पर्धा गर्नेछिन् । ५७ किलो तौल समूहमा गत वर्ष रुसमा सम्पन्न आर्मीको विश्वस्तरको खेलमा फाइट जित्न सफल चन्द्रकला थापाले प्रतिस्पर्धा गर्नेछिन् ।

त्यसै गरी ६० किलो तौल समूहमा अल इन्डिया ओपन च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल एवम् भर्खरै थाईल्याण्डको फुकेटमा सम्पन्न थाईल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ प्रतियोगितामा समेत कांस्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार कोच एवम् एसियन पदकधारी दीपक महर्जन रहेका छन् । टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य एवम् योगा थेरापिष्ट पुष्कर राज पन्त रहेका छन् ।

८-१९ मे २०२२ मा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुन गइरहेको यो प्रतियोगितामा प्रथम हुने खेलाडीले एक लाख, दोस्रो हुनेले पचास हजार र तेस्रोले पच्चिस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् ।

उक्त प्रतियोगिताको दौरानमा हुन गइरहेको आइवाको चुनावमा सहभागी हुनका लागि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र केन्द्रीय सदस्य मानबहादुर भण्डारी अर्को हप्ता इस्तानबुल प्रस्थान गर्नेछन् ।

आगामी सेप्टेम्बरमा चीनमा हुने १९औँ एसियन गेम्सको तयारीको रूपमा यस च्याम्पियनसिपलाई हेरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : १५ बजे

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर