आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप : नेपाली टोलीको बिदाइ « Khabarhub

आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप : नेपाली टोलीको बिदाइ


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टर्कीको इस्तानबुलमा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।

चार महिला खेलाडीसहित २ प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।

टोलीमा ४८ किलो तौल समूहमा नेपालकी उदयमान खेलाडी सुस्मा तामाङ समेटिएकी छन्। तामाङले यस अघि पनि आईव युथ वल्र्ड च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा आफूलाई ६ नं. वरीयतामा उभ्याउन सफल रहेकी छन् ।

त्यसै गरी ५२ किलो तौल समूहमा १३औँ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल एवम् एसियन ग्राण्डस्लाम बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी मिनु गुरुङले प्रतिस्पर्धा गर्नेछिन् । ५७ किलो तौल समूहमा गत वर्ष रुसमा सम्पन्न आर्मीको विश्वस्तरको खेलमा फाइट जित्न सफल चन्द्रकला थापाले प्रतिस्पर्धा गर्नेछिन् ।

त्यसै गरी ६० किलो तौल समूहमा अल इन्डिया ओपन च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल एवम् भर्खरै थाईल्याण्डको फुकेटमा सम्पन्न थाईल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ प्रतियोगितामा समेत कांस्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार कोच एवम् एसियन पदकधारी दीपक महर्जन रहेका छन् । टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य एवम् योगा थेरापिष्ट पुष्कर राज पन्त रहेका छन् ।

८-१९ मे २०२२ मा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुन गइरहेको यो प्रतियोगितामा प्रथम हुने खेलाडीले एक लाख, दोस्रो हुनेले पचास हजार र तेस्रोले पच्चिस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् ।

उक्त प्रतियोगिताको दौरानमा हुन गइरहेको आइवाको चुनावमा सहभागी हुनका लागि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र केन्द्रीय सदस्य मानबहादुर भण्डारी अर्को हप्ता इस्तानबुल प्रस्थान गर्नेछन् ।

आगामी सेप्टेम्बरमा चीनमा हुने १९औँ एसियन गेम्सको तयारीको रूपमा यस च्याम्पियनसिपलाई हेरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : १५ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा