गठबन्धनको चुनावी सभा आज जनकपुरमा : प्रचण्ड पुगे, देउवा जाँदै « Khabarhub

गठबन्धनको चुनावी सभा आज जनकपुरमा : प्रचण्ड पुगे, देउवा जाँदै


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसअघि पार्टीको दुई वटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

जनकपुरको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन् ।जनकपुरको सभामा प्रधानमन्त्री देउवाका साथमा रामचन्द्र पौडेल, भीष्मराज आङदेम्बे, महेन्द्र यादव लगायतका नेताहरु हुनेछन्।

त्यसअघि प्रधानमन्त्री देउवाले बुटवलको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । शनिबार बुटवलको सभामा रामचन्द्र पौडेल र गगन थापा लगायतका नेताले सम्बोधन गर्नेछन्।

बुटवलबाट तनहुँको दमौली र त्यसपछि धनुषाको जनकपुरमा हुने चुनावी कार्यक्रममा सहभागी हुने तयारी छ। तनहुँको सभामा रामचन्द्र पौडेल र डा प्रकाश शरण महतले साथ दिनेछन्।

भोलि पोखरामा हुने सभामा प्रधानमन्त्री देउवाका साथमा रामचन्द्र पौडेल, धनराज गुरुङ र जीवन परियार लगायतका नेताले बोल्ने कार्यक्रम छ। भोलि नै तुलसीपुरमा हुने सभालाई प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र किशोरसिंह राठौर लगायतका नेताले सम्बोधन गर्ने कांग्रेसको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले पर्सि कैलालीको धनगढीमा र २७ गते आफ्नो गृहजिल्ला डडेलधुराको कार्यक्रमलाई सम्बोधन गरेपछि प्रधानमन्त्रीको चुनाव प्रचार अभियान सकिनेछ।

पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा ठाउँ ठाउँमा गर्दै छ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला गठबन्धनका नेताहरू चुनावी अभियानमा छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : २७ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष