रुससँग युक्रेनको प्रस्ताव : ‘सम्झौताको लागि आक्रमणपूर्वको अवस्थामा फर्किऔँ’ « Khabarhub

रुससँग युक्रेनको प्रस्ताव : ‘सम्झौताको लागि आक्रमणपूर्वको अवस्थामा फर्किऔँ’


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन्।

लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभई युक्रेनको नेता भएको बताए । तर, उनले सन् २०१४ मा रुसमा बिलय भएको क्रिमियाबारे भने केही उल्लेख गरेनन् ।

रुसले पूर्वी बन्दरगाह शहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा कारखानामा अझै पनि सर्वसाधारण नागरिक फसेका छन् । कारखानालाई रुसी सेनाले लामो समयदेखि घेराबन्दीमा राखेका छन् ।

मारिओपोललाई युक्रेनबाट पूर्ण रुपमा कब्जा गर्न सकेमा दुई महिनाको युद्धमा रुसका लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ । तर, राष्ट्रपति जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले जितेको क्षेत्र कब्जा गर्न नसक्ने बताए ।

युद्ध सुरु हुनुअघिल्लो दिनलाई उल्लेख गर्दै उनले भने, ‘रूस र युक्रेन बीचको युद्ध रोक्नको लागि २३ फेब्रुवरीसम्मको स्थिति पुनः प्राप्ति गर्न कदम चाल्नुपर्छ ।’

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : ४१ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’