महान साहित्यकार, कवि एवं दार्शनिक रवीन्द्रनाथ टैगोरको आज जन्म दिन। सन् १९६१ मइ ७ मा कलकत्तामा जन्मिएका टैगोर नोबेल पुरस्कार विजेता एक मात्र भारतीय साहित्यकार हुन्।
टैगोर र महात्मा गान्धी एकै युगमा जन्मिएका दुई महान व्यक्ति थिए। गान्धी र टैगोरबीच धेरै विषयमा मतभेद थियो। भारतको स्वतन्त्रता संग्रामदेखि राष्ट्रवादसम्मका विषयमा उनीहरु परस्पर विरोधी धारणा राख्थे। तर, फरक विचार राखे पनि गान्धी र टैगोरको सम्बन्ध भने पारस्परिक सम्मानमा आधारित थियो।
नेपालको राजनीतिमा पचास वर्षसम्म एउटै पार्टीमा सहयात्रा गरेका नेताबीच अहिले अशिष्ट, अभद्र र अमर्यादित टिप्प्णी सुनिन्छ। दर्शक र श्रोताले सुन्नै नसक्ने खालका शब्द उच्चारण गरेर गालीगलौजको विषाक्त अम्ल आक्रमण भइरहेको छ।
महात्मा गान्धी र रवीन्द्रनाथ टैगोरको कुरा बेग्लै थियो। उनीहरुबीच भोजनका विषयमा समेत मतभेद थियो, तर यो मतभेद पत्रमार्फत शालिन, हार्दिक र एकअर्काको मान मर्दन नहुने गरी व्यक्त गर्थे। आज रवीन्द्रनाथको जन्म जयन्तीका अवसरमा गान्धी र टैगोरबीचको त्यो मतभेदबीचको मैत्रीलगायतका केही पक्षबारे चर्चा गर्न खोजिएको छ।
नेपालको राजनीतिमा पचास वर्षसम्म एउटै पार्टीमा सहयात्रा गरेका नेताबीच अहिले अशिष्ट, अभद्र र अमर्यादित टिप्प्णी सुनिन्छ। दर्शक र श्रोताले सुन्नै नसक्ने खालका शब्द उच्चारण गरेर गालीगलौजको विषाक्त अम्ल आक्रमण भइरहेको छ।
आठ वर्षको उमेरमै कविता
रवीन्द्रनाथ टैगोरको जन्म एक धनी परिवारमा भएको थियो। जन्मिएको केही वर्षमै उनकी आमाको निधन भयो। पिता देवेन्द्रनाथ टैगोर घरमा प्रायः नबस्ने र यात्रा गरिरहने भएकाले उनको पालनपोषण घरका कामदारबाट भयो। सम्पन्न परिवार भएकाले टैगोरको प्रारम्भिक शिक्षा राम्रै स्कुलमा भयो।
उनी ब्यारिस्टर बन्न चाहन्थे, त्यसैले अध्ययनका लागि लण्डन पुगे। यद्यपी, लण्डन विश्वविद्यालयको पढाइ पुरा नगरीकनै उनी स्वदेश फर्किए। सन् १८८३ मा मृणालिनी देवीसँग उनको विवाह भयो।
शान्ति निकेतन खासमा सन् १८६३ मा रवीन्द्रनाथका पिताले बनाएको आश्रम थियो, जहाँ सन् १९०१ बाट टैगोरले पाँच जना विद्यार्थीलाई पढाउन थालेका थिए। विस्तारै पढनेको संख्या बढ्दै गयो र सन् १९२१ मा यसलाई विश्वविद्यालयमा परिणत गरियो।
साहित्य लेखनतर्फ टैगोरमा सानैदेखि रुची थियो। आठ वर्षको उमेरमै उनले पहिलो कविता लेखेका थिए भने १६ वर्षको उमेरमा उनको पहिलो लघुकथा प्रकाशित भएको थियो। उनले आफ्नो जीवनकालमा लघुकथा, उपन्यास, यात्रा वृत्तान्त र नाटक लेखे। गद्य कविताभन्दा उनका पद्य कविता धेरै चर्चित भए भने गद्यमा चाहिँ लघु कथा धेरै पढिए।
टैगोरले करीब २ हजार बढी गीत लेखे। जीवनको उत्तरार्धमा उनले चित्र पनि बनाए। सन् १९०१ मा टैगोर आफू बसिरहेको सियालदह छाडेर शान्ति निकेतनमा बस्न थाले। यहीं आएर उनले विश्व भारती विश्वविद्यालय पनि स्थापना गरे र धेरै महान् कृतिहरु लेखे।
शान्ति निकेतन खासमा सन् १८६३ मा रवीन्द्रनाथका पिताले बनाएको आश्रम थियो, जहाँ सन् १९०१ बाट टैगोरले पाँच जना विद्यार्थीलाई पढाउन थालेका थिए। विस्तारै पढनेको संख्या बढ्दै गयो र सन् १९२१ मा यसलाई विश्वविद्यालयमा परिणत गरियो। जतिबेला ६ हजारभन्दा बढी विद्यार्थी पुगिसकेका थिए। सन् १९४१ अगस्त ७ मा उनको निधन भयो।
शान्ति निकेतन खासमा सन् १८६३ मा रवीन्द्रनाथका पिताले बनाएको आश्रम थियो, जहाँ सन् १९०१ बाट टैगोरले पाँच जना विद्यार्थीलाई पढाउन थालेका थिए।
दुई देशको राष्ट्रगान
रवीन्द्रनाथ यस्ता कवि हुन्, जसका रचना दुई देशका राष्ट्रगान बने। भारतको राष्ट्रगान ‘जन गण मन’ र बंगलादेशको राष्ट्रगान ‘आमार सोनार बांग्ला’ टैगोरकै रचना हुन्।
भारतको राष्ट्रगान ‘जन गण मन अधिनायक जय है भारत भाग्यविधाता’लाई लिएर कवि टैगोरको आलोचना पनि हुँदै आएको छ कि उनले यी शब्द बेलायतका महाराज जर्ज पंचको स्तुतिमा लेखेका हुन्।
टैगोरले लेखेको ‘जन गण मन’ पहिलो पटक सन् १९११ डिसेम्बर २७ मा भारतीय राष्ट्रिय कांग्रेसको कलकत्ता अधिवेशनको दोश्रो दिनको शत्रमा गाइएको थियो। ‘अमृतबजार’ पत्रिकाको भोलिपल्टको अंकमा यो तथ्य उल्लेख छ। यसैगरी ‘बंगाली’ नामक पत्रिकाले पनि ‘गुरुदेवद्वारा रचित एक देशभक्ति गीतबाट अधिवेशन सत्रको सुरुवात भयो’ भनेर लेखिएको थियो।
संयोग कस्तो भने, सन् १९११ मै बेलायतका महाराज जर्ज पंचम पत्नीसहित भारत भ्रमणमा आएका थिए। तत्कालीन भाइसराय लर्ड हार्डिङ्सको आग्रहमा जर्ज पंचमले बंगाल विभाजनलाई रद्द गरिदिएका थिए। उडीसालाई अलग राज्यको मान्यता दिएका थिए।
भारतको राष्ट्रगान ‘जन गण मन अधिनायक जय है भारत भाग्यविधाता’लाई लिएर कवि टैगोरको आलोचना पनि हुँदै आएको छ कि उनले यी शब्द बेलायतका महाराज जर्ज पंचको स्तुतिमा लेखेका हुन्।
बंगाल विभाजनलाई रद्द गरिदिएकोमा भारतीय कांग्रेसको अधिवेशनमा जर्जको प्रशंसासहित धन्यवादसमेत दिइएको थियो। अधिवेशनमा ‘जन गण मन’पछि जर्ज पंचमको प्रशंसामा ‘हाम्रा बादशाह’ बोलको एक गीत पनि गाइएको थियो, जुन रामभुज चौधरीले लेखेका थिए।
मिडियामा जर्जको प्रशंसामा गाइएको गीत पनि टैगोरले नै लेखेका हुन् भन्ने हिसाबले खबरहरु आए। अनि त ‘जन गण मन’ पनि कतै अंग्रेज शासकको प्रशंसामै लेखिएको त हैन भन्ने प्रश्न खडा भयो। ‘भारत भाग्य विधाता’ भनेर अंग्रेज शासककै चाकडी गरिएकोजस्ता आरोप पनि लागे।
एक वर्षपछि सन् १९१२ मा गीतमा वर्णित ‘भारत भाग्य विधाता’बारे रचयीता रवीन्द्रनाथ टैगोरेले स्पष्टीकरण दिदै भने, ‘भारत भाग्य विधाताको केवल दुइ अर्थ हुनसक्छ। एक त देशका जनता या सर्वशक्तिमान उही उपरवाला, चाहे भगवान भनौं चाहे देवता।’
गीतमा ‘जय’ शब्द भएकाले यसले सबैको भलो चाहेको स्पष्ट छ। कवि टैगोर उग्र आक्रामक राष्ट्रवाद मन पराउँदैनथे। ‘नेशनलिज्म’ शीर्षकको एउटा ३० पृष्ठको पुस्तिकामा ‘जन गण मन अधिनायक जय है’ बारे व्याख्या गर्दै लेखेका छन्, ‘सच्चा राष्ट्रवादी उही हुनसक्छ जो अरुप्रति आक्रामक हुँदैन।’
यो गीतलाई मानिसले सुरुमा भजनका रुपमा गाउन थाले। साँझ र बिहान प्रार्थनाकालमा घरघरमा गाइयो। कांग्रेसको राष्ट्रिय अधिवेशनको प्रारम्भ यसै गीतबाट हुन थाल्यो। सन् १९१७ मा टैगोरले नै यसमा संगीत पनि भरेका थिए, जुन अहिले भारतको राष्ट्रगानका रुपमा स्थापित छ।
गीतमा ‘जय’ शब्द भएकाले यसले सबैको भलो चाहेको स्पष्ट छ। कवि टैगोर उग्र आक्रामक राष्ट्रवाद मन पराउँदैनथे। ‘नेशनलिज्म’ शीर्षकको एउटा ३० पृष्ठको पुस्तिकामा ‘जन गण मन अधिनायक जय है’ बारे व्याख्या गर्दै लेखेका छन्, ‘सच्चा राष्ट्रवादी उही हुनसक्छ जो अरुप्रति आक्रामक हुँदैन।’
गान्धी र टैगोरको मतभेद
सन् १९३४ जनवरी १४ मा भारत, बिहारमा एउटा महाविनाशकारी भूकम्प गयो, जसमा करीब १२ हजार मानिस मारिए। सो भूकम्पबारे महात्मा गान्धीले मिडियामा प्रतिक्रिया दिँदै भने, ‘यो भूकम्प दलितमाथि गरिएको भेदभावप्रति ईश्वरले दिएको एउटा दण्ड हो।’
प्राकृतिक विपत्तिलाई ‘ईश्वरीय दण्ड’ चित्रण गरेपछि टैगोरले तत्काल त्यसप्रति बिमती जनाउँदै गान्धीलाई एक पत्र लेखे, ‘महात्माजी, मलाई तपाईंको बयानप्रति विश्वास भइरहेको छैन। तर, यदि यो वास्तवमै तपाईंको विचार हो भने मलाई लाग्छ, यसको विरोध गर्नुपर्छ।’
महात्मा गान्धी त्योबेला अंग्रेजीमा ‘हरिजन’, गुजरातीमा ‘हरिजन बन्धु’ र हिन्दीमा ‘हरिजन सेवक’ नामक अलग–अलग पत्रिका निकाल्थे। टैगोरले पत्रमा गान्धीसँग आफ्नो विरोध ‘हरिजन सेवक’ नामक पत्रिकामा प्रकाशन गरिदिन पनि हार्दिक अग्रह गरेका थिए। कस्तो संस्कार, गान्धीसँग टैगोर त्यो लेख प्रकाशनका लागि आग्रह गरिरहेका थिए, जसमा गान्धीकै भनाइको आलोचना गरिएको छ।
सन् १९३४ फरबरी २ मा गान्धीले टैगोरलाई पत्रमार्फत जवाफमा भने, ‘गुरुदेव, तपाईंको इच्छा बमोजिम अवश्य प्रकाशन हुनेछ। तपाईं आफ्नो विरोध पनि छाप्न सक्नुहुन्छ।’
नभन्दै १६ फरवरीमा गान्धीले नै निकालेको पत्रिकामा गान्धीप्रति बिमती जनाइएको टैगोरको एक लेख प्रकाशित भयो। सब्यसाँची भट्टाचार्यले सम्पादन गरेको पुस्तक ‘द महात्मा एन्ड द पोयट : लेटर्स एन्ड डिबेटस् बिटवीन गान्धी एन्ड टैगोर’मा गान्धी र टैगोरविच आदान प्रदान भएका ती पत्रहरु संग्रहित छन्।
‘हरिजन बन्धु’मा प्रकाशित लेखमा टैगोरले उल्लेख गरेका थिए, ‘महात्मा गान्धीले भूकम्पका लागि छुवाछूत मान्नेलाई जिम्मेवार ठहर्याएको देख्दा आश्चर्य लाग्यो। मलाई खेद छ कि भूकम्पलाई ईश्वरी प्रकोप मान्ने विलकुल अवैज्ञानिक सोचलाई देशको एउटा ठूलो तप्काले स्वीकार गरेको छ।’
गान्धीजीले एउटा प्राकृतिक विपत्तीबारे जुन धारणा राखे, त्यो उनका विरोधीको मनोविज्ञानसँग पो मिल्छ। अब कसैले यो भूकम्पका लागि महात्माजी र उनका समर्थकलाई नै जिम्मेवार ठह¥याएको खण्डमा पनि मलाई आश्चर्य हुनेछैन।’
टैगोरको भनाइ थियो, ‘गान्धीजीले एउटा प्राकृतिक विपत्तीबारे जुन धारणा राखे, त्यो उनका विरोधीको मनोविज्ञानसँग पो मिल्छ। अब कसैले यो भूकम्पका लागि महात्माजी र उनका समर्थकलाई नै जिम्मेवार ठह¥याएको खण्डमा पनि मलाई आश्चर्य हुनेछैन।’
टैगोरको यो लेखप्रति गान्धीको जवाफ पनि सोही पत्रिकामा प्रकाशित भयो। गान्धीले विनम्रतापूर्वक लेखे, ‘यदि गुरुदेवलाई म गलत हुँ भन्ने लाग्छ भने उहाँलाई आफ्नो विरोध जनाउने पूर्ण अधिकार छ। उहाँप्रति मेरो आदरले मलाई सिकाउँछ कि म धैर्यपूर्वक उहाँको कुरा सुनौं। तैपनि उहाँको लेख तीन पटक पढेपछि पनि म आफ्नो धारणामा अडिग छु। मलाई लाग्छ, बाढी, खडेरी र भूकम्पजस्ता विपत्तिलाई मानिसको नैतिकतासँग जोडेर पनि हेर्छु। यसैले मैले नैसर्गिक रुपमा मानें कि भूकम्प छुवाछुतजस्तो पापकै परिणाम हो।’
कस्तो शालिन र शौम्य वाद प्रतिवाद। एकले अर्काको नाम लिंदासमेत ‘मुख कुल्ला गर्छु’ भन्ने नेताले गान्धी र टैगोरको यो प्रसंग पक्कै पढे होलान्, जसले राजनीतिको प्रारम्भ नै बनारस र कलकत्तामा बसेर गरेका थिए। कसैको धारणालाई ‘पागल प्रलाप’ भन्नेदेखि ‘म टयूसन पढाउँछु’ भन्नेकै जगजगी भएको बेला पक्कै गान्धी र टैगोरको यो प्रसंग उपयोगी हुनसक्छ।
भूकम्पपछि गान्धी र टैगोरबीचको विवादलाई कतिपय मिडियामा दुबै महान् व्यक्तिबीचको व्यक्तित्वको टकराव ठान्ने पनि कम थिएनन्। तर, टैगोरले त्यस्ता हल्लालाई शान्त तुल्याइदिए। सोही वर्ष फेब्रुअरी ६ मा शान्ति निकेतनबाट टैगोरले गान्धीको पक्षमा एक अपील जारी गरे।
गान्धीले विनम्रतापूर्वक लेखे, ‘यदि गुरुदेवलाई म गलत हुँ भन्ने लाग्छ भने उहाँलाई आफ्नो विरोध जनाउने पूर्ण अधिकार छ। उहाँप्रति मेरो आदरले मलाई सिकाउँछ कि म धैर्यपूर्वक उहाँको कुरा सुनौं। तैपनि उहाँको लेख तीन पटक पढेपछि पनि म आफ्नो धारणामा अडिग छु। मलाई लाग्छ, बाढी, खडेरी र भूकम्पजस्ता विपत्तिलाई मानिसको नैतिकतासँग जोडेर पनि हेर्छु। यसैले मैले नैसर्गिक रुपमा मानें कि भूकम्प छुवाछुतजस्तो पापकै परिणाम हो।’
अपीलमा भनिएको थियो, ‘आलोचना र निन्दामा फरक हुन्छ। मैले स्वयं गान्धीजीको त्यो विचारको आलोचना गरें, जसमा भूकम्पलाई छुवाछूतसँग जोडेर हेरियो। तर, धार्मिक आस्थाप्रति उनको इमानदारीको म सम्मान गर्छु। सदियौंदेखि शीरमा अपमानको बोझ बोकेर बाँचीरहेका मानिसको मनमा उनले आत्मसम्मान जगाएका छन्। यस्तो चमत्कार गर्ने गान्धीजस्तो व्यक्तिप्रति ममा आदरबाहेक अरु केही हुनैसक्दैन।’
‘गीतांञ्जली’जस्तो महाकाव्य लेखेका टैगोर मानवतालाई राष्ट्रियताभन्दा धेरै उपल्लो स्थानमा राख्थे। यद्यपी, देशभक्ती र स्वतन्त्रतालाई लिएर टैगोर र महात्मा गान्धीबीच मतैक्यता थिएन। महात्मा गान्धी मूर्ति पूजाका पक्षधर थिए। गान्धीको विचार के थियो भने जनताको आध्यात्मिक चेतले सहजै कुनै निराकार एवं अमूर्त शक्तिमाथि विश्वास गर्न सक्दैन।
कवी टैगोर चाहिँ जनतालाई जहिले पनि कमजोर र कम चेतनशील ठान्नुहुन्न भन्थे। मूर्ति पूजाका पक्षधर महात्मा गान्धी यूरोपको उदाहरण दिन्थे, जहाँ झण्डालाई नै आराध्य देव झैं ठानेर जनताले धेरै उलपधि हासिल गरे। टैगोर यो तर्कमा सहमत थिएनन्।
कस्तो शालिन र शौम्य वाद प्रतिवाद। एकले अर्काको नाम लिंदासमेत ‘मुख कुल्ला गर्छु’ भन्ने नेताले गान्धी र टैगोरको यो प्रसंग पक्कै पढे होलान्, जसले राजनीतिको प्रारम्भ नै बनारस र कलकत्तामा बसेर गरेका थिए।
राष्ट्रवादको मुद्दामा पनि महात्मा र कविवरबीच विवाद थियो। गान्धी अन्तर्राष्ट्रियता प्राप्त गर्न पनि राष्ट्रियताबाट गुज्रनु आवश्यक ठान्थे, जसरी शान्ति प्राप्त गर्न युद्धबाट गुज्रिनु आवश्यक छ। तर, टैगोर चाहिँ अन्ध राष्ट्रवादलाई भन्दा मानवतावादलाई बढावा दिनुपर्ने पक्षमा थिए।
गान्धीले थालेको स्वतन्त्रता संग्रामप्रति टैगोरको समर्थन थियो, तर राष्ट्रवादलाई लिएर उनको मनमा केही सन्देह थिए। टैगोरका अनुसार देशभक्तीले चौघेराबाहिरका विचारसँग जोडिने स्वतन्त्रता रोक्छ। उनको भनाइ थियो। ‘राष्ट्रवादले अन्य देशका जनताको दुःख दर्द बुझ्नसक्ने स्वतन्त्रतालाई पनि सीमित गरिदिन्छ।’
पक्कै पनि गान्धीको राष्ट्रवादको सिद्धान्त भारत र नेपालमा अचेल प्रचलित उग्र राष्ट्रवादजस्तो चाहिँ थिएन। गान्धी राष्ट्रवादलाई देशको सीमासँग तुलना गर्दैनथे, खासमा उनका लागि राष्ट्रवादको अर्थ ‘वसुधैव कुटुम्बकम’ थियो। र, ‘वशुधैव कुटुम्बकम’का लागि पनि पहिला देशभक्ति आवश्यक भएको गान्धीको जिकिर थियो।
स्वतन्त्रता संग्रामका क्रममा भइरहेका आन्दोलनमा नियोजित ‘राष्ट्रवादी आवेग’को पनि टैगोरले बारम्बार विरोध गरे। सोही कारण टैगोरले त्यसबेलाका राजनीतिक नेताबाट आफूलाई टाढै राखे। गान्धीले राष्ट्रलाई पहिलो प्राथमिकता दिइरहँदा टैगोर भन्नेगर्थे, ‘जबसम्म म जीवित छु, मानवतामाथि देशभक्तीलाई जित्न दिनेछैन।’
पक्कै पनि गान्धीको राष्ट्रवादको सिद्धान्त भारत र नेपालमा अचेल प्रचलित उग्र राष्ट्रवादजस्तो चाहिँ थिएन। गान्धी राष्ट्रवादलाई देशको सीमासँग तुलना गर्दैनथे, खासमा उनका लागि राष्ट्रवादको अर्थ ‘वसुधैव कुटुम्बकम’ थियो।
बेलायती हैकमविरुद्ध जतिबेला गान्धीले ‘असहयोग आन्दोलन’ चलाइरहेका थिए, टैगोर चाहिँ यूरोप भ्रमणमा थिए। उनी पूर्व र पश्चिमबीच आध्यात्मिक एकताको शूत्र खोजीरहेका थिए। टैगोरलाई गान्धीको ‘असहयोग आन्दोलन’ वाला संघर्षको तरिका मन परिरहेको थिएन।
उनले पादरी सीएफ एन्ड्रयूजलाई पत्र लेखेर ‘असहयोग आन्दोलन’को खुलेरै आलोचना गरे। टैगोरका विचारमा ‘असहयोग’ एउटा नकारात्मकतावादी विचार थियो र यसले मानवतावादलाई उपेक्षा गरिरहेको थियो। कहाँसम्म भने उनले ‘असहयोग आन्दोलन’लाई पनि ‘एक प्रकारको हिंसा’ बताए।
मतभेदबीच महान् मैत्री
गान्धी र टैगोरका बारेमा जवाहरलाल नेहरुले एक पटक भनेका थिए, ‘कुनै पनि दुई व्यक्ति यति अलग हुन सक्दैनन्, जति गान्धी र टैगोर अलग छन्। दुबै एकै विचार र संस्कृतिबाट प्रेरित थिए, तैपनि आपसमा यति अलग। यो नै हाम्रो संस्कृतिको विशेषता हो, जसले एउटै समयमा दुई यस्ता विपरीत विचारधारा बोक्ने महान मानिसलाई जन्म दियो।’
प्रख्यात फ्रेन्च लेखक रोमने रोल्यान्डले गान्धी र टैगोरको मतभेदलाई ‘द नोबल डिबेट’को संज्ञा दिएका थिए। उनले लेखेका थिए, ‘गान्धी र टैगोरले एक अर्काको खुलेर आलोचना गरे पनि दुबैमा एकअर्काप्रति उच्च सम्मान थियो।’
नोबेल पुरस्कार बिजेता अमत्र्य सेनको पुस्तक ‘आर्गुमेन्टेटिभ इन्यीडन’मा ‘टैगोर र उनको भारत’ शीर्षकको अध्यायमा टैगोरको राष्ट्रियता र देशभक्तिबारे उल्लेख गरिएको छ। अमत्र्य सेनका अनुसार गान्धी र टैगोरका विचार आपसमा अलग भए पनि दुबैले एक अर्कालाई उत्तिकै सम्मान गर्थे।
युगका दुई महान् पुरुषबीचको सम्बन्धमा कुनै कटुता या वैमनस्य भाव थिएन। हार्दिक, सहिष्णु र एक हिसाबले मित्रवत। गान्धीलाई ‘महात्मा’ शब्दबाट पहिलो पटक संबोधन गर्ने रवीन्द्रनाथ टैगोर थिए भने भने टैगोरलाई ‘गुरु’ उपाधि गान्धीले नै दिएका थिए।
त्यो युगका दुई महान् पुरुषबीचको सम्बन्धमा कुनै कटुता या वैमनस्य भाव थिएन। हार्दिक, सहिष्णु र एक हिसाबले मित्रवत। गान्धीलाई ‘महात्मा’ शब्दबाट पहिलो पटक संबोधन गर्ने रवीन्द्रनाथ टैगोर थिए भने भने टैगोरलाई ‘गुरु’ उपाधि गान्धीले नै दिएका थिए।
गान्धी र टैगोरबीच पत्र आदान प्रदान भइरहन्थ्यो। दुबैबीच विभिन्न विषयमा मतैक्यता हुन्थ्यो। तर, कहिल्यै कटु शब्द प्रकट गरेनन्। उनीहरुबीच भोजनका बारेमा समेत कुरा मिल्दैनथ्यो। एक पटक गान्धीले भनेछन्, ‘पिठोलाई घिउ या तेलमा तारेर पुरी बनाउनु गहुँलाई विषमा परिणत गरे सरह हो।’ यसप्रति रवीन्द्रनाथको फरक मत थियो, ‘हुनसक्छ पुरी एउटा मन्द विष हो, तर म त मजैले पुरी खाने गर्छु र अहिलेसम्म मलाई यसले कुनै हानी गरेको छैन।
एक पटक गुरुवायुर मन्दिरमा हरिजनलाई मन्दिर प्रवेशको मुद्दामा महात्मा गान्धी अनिश्चितकालीन अनशनमा बसे। गान्धीलाई स्नेह गर्ने कवी टैगोरले कालीकटका तात्कालीन राजालाई एउटा पत्र लेखेर मन्दिरमा हरिजनको प्रवेश नरोक्न आग्रह गरे, ताकी गान्धीको जीवन बचाउन सकियोस्।
सन् १९३२ मा कम्युनल अवार्डविरुद्ध गान्धी आमरण अनशन गर्दा टैगोर पनि तत्काल आफ्ना मित्रसँग पूना गए। ‘पूना प्याक्ट’को घोषणासहित गान्धीले पत्नी कस्तुरबा र कवि टौगोरको हातबाट जूस पिएर टैगोरद्वारा रचित ‘गिताञ्जली’का पँक्ति गाउँदै अनशन तोडेका थिए।
प्रतिक्रिया