पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा « Khabarhub

पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको फाइनल चरणमा स्थान बनाउँदै ऐतिहासिक सफलता हासिल गरेको छ।

साउदी अरेबियामा जारी प्रतियोगिताको सर्भाइभल स्टेजको दोस्रो दिन बुधबार उत्कृष्ट प्रदर्शन गर्दै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

साउथ एशिया र सेन्ट्रल एशिया क्षेत्रबाट जम्मा तीन टिम मात्रै विश्वकपमा छनोट भएका थिए, जसमा नेपालको प्रतिनिधित्व गर्दै होर ईस्पोर्ट्सले आफ्नो क्षमता प्रमाणित गर्‍यो।

होर ईस्पोर्ट्सको टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन्।

उनीहरूले टोलीको समन्वय र रणनीतिमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको ईस्पोर्ट्स प्रतिस्पर्धामा छुट्टै छाप छोडिरहेका छन्।

विश्वकपको फाइनल चरणमा कुल १६ टिम प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : १७ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका