जसपाको चुनावी अभियान : अध्यक्षद्वय बाबुराम र उपेन्द्र गृह जिल्लामै केन्द्रित « Khabarhub

जसपाको चुनावी अभियान : अध्यक्षद्वय बाबुराम र उपेन्द्र गृह जिल्लामै केन्द्रित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् ।

आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६ मा घरदैलो अभियानमा जुटेका छन् ।

‘जसपा दलित नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पालुङटार –६ को घरदैलो अभियानतिर लागियो’, भट्टराईले ट्‍वीटरमा लेखेका छन् ।  उनले ठूलो सभाभन्दा गाउँ टोलका अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी लागेको पनि बताएका छन् ।

यसअघि हिजो सोही नगरपालिकाको बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा भट्टराई घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छिन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका जिल्लाको चुनावी अभियानमा छन् । जसपा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराई सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी भएका छैनन् । जसपा पाँच दलीय गठबन्धनको एउटा घटक हो।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ३० बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको