ब्लु ग्यालेक्सीको ठगीधन्दा : साउदी पुगेका ९७ नेपाली युवा अलपत्र « Khabarhub

ब्लु ग्यालेक्सीको ठगीधन्दा : साउदी पुगेका ९७ नेपाली युवा अलपत्र


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी अरब पुगेका ९७ नेपाली युवा अलपत्र परेका छन् ।

आकर्षक रोजगारीको प्रलोभनमा परी दलालाई रकम दिएर रोजगारीका लागि अरब पुगेका युवा अलपत्र परेका हुन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत चार महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि चार महिनादेखि उद्धारको पर्खाइमा रहेका छन् ।

ब्लु ग्यालेक्सीले पठाएको १४५ जना मध्य केहीलाई काम दिएको, १९ जनालाई नेपाल फर्काएको र बाँकी ९७ जनालाई साउदीको जेद्धास्थित एक होटलमा भेडाबाख्रा जसरी थुनेर राखेको पीडितहरूले बताएका छन् ।

पीडित मध्येका विनोद दहालका अनुसार अहिलेसम्म उनीलाई म्यानपावर सञ्चालकका हिमहरी अर्यालले रियादबाट कम्पनी परिवर्तन गर्ने भन्दै जेद्धा पुर्याएर एक होटलमा थुनेर राखेको बताए ।

पिडितहरुको समस्या समाधान गर्न भन्दै साउदी पुगेको सञ्चालक अर्याल समस्या हल गर्नु त कहाँ हो कहाँ उनीहरु अब नयाँ कम्पनीमा काम दिलाउने भनेर जेद्धा पुर्याएर साउदीमै सम्पर्क बिहिन भएको पीडितहरूले बताएका छन् ।

‘हामीलाई चार महिनाअघि मेनपवारले राम्रो कम्पनी भनेर पठाएको थियो, तर यहाँ आइपुगेपछि सम्झौता अनुसारको काम र तलब पाएनौ’, बिनोदले भने, ‘ पछि खबरहबले समाचार प्रकाशित गरेपछि म्यानपावरका सञ्चालक अर्याल आफै त्यहाँ आए तर, कम्पनी परिवर्तन गर्ने भनेर हामीलाई जेद्धा पठाएर उनी यही सम्पर्क बिहिन भए अहिले फोन गर्दा उठाउदैनन् अब हामी के गर्ने ?

उनीहरूलाई जेद्धाको एक होटलको सात वटा कोठामा रहेको र साथीहरूसँग बसेर अब के गर्ने भन्ने बारे सरसल्लाह गर्दा होटलका संचालकले पनि गाली गलौज गर्ने गरेको उनीहरुले बताए ।

उनीहरूलाई ब्लु ग्यालेक्सीले चर्को शुल्क लिएर साउदीस्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीमा पठाएको थियो।

उनीहरूले म्यानपावरका सञ्चालक रमेश अमगाइन र अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए। म्यानपावरले साउदीको आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको थियो। तर, त्यहाँ पुगेपछि सडक सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका थिए ।

उनीहरूले लामो समयदेखि कामविहीन भएर बस्दा आफूहरूलाई समस्या भएको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरेका छन्।

पीडितले रियादस्थित नेपाली दूतावासलाई पनि पटक–पटक आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन्। तर, कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरु समस्यामा पर्दा पनि मुखदर्शक बनेको उनीहरुको आरोप छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ३७ बजे

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग