बुटवलवासीलाई देउवाको प्रश्न - ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?  | Khabarhub Khabarhub

बुटवलवासीलाई देउवाको प्रश्न – ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? 


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् ।

शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए ।  गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् । 

‘याे गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ’, रूपन्देहीको बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ । गठबन्धनका सबै साथीहरूलाई शंका उपशंका नगरी जिताउनुपर्छ ।’

देशको स्थायी विकास गर्न, सुकुमबासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे । 

उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्‍यो तर चल्न दिएको छैन ।’

देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको औंल्याए । 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ५० बजे

च्याट जिपीटी खरिदका लागि मस्कको चासो : ९७.४ अर्ब डलरको प्रस्ताव

न्युयोर्क – एलन मस्कको नेतृत्वमा रहेको लगानीकर्ताको समूहले च्याट जिपीटीको

नेपाल–भारत उर्जा सचिव स्तरीय बैठक नयाँदिल्लीमा बस्दै

काठमाडौं– नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा बस्दैछ

हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे

विधायन व्यवस्थपनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद राष्ट्रियसभा अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

प्यालेस्टाइनीलाई स्वीकार नगरे सहयोग रोक्ने ट्रम्पको चेतावनी

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डन र इजिप्टले प्लेस्टाइनीलाई