ब्याससँग अकेशाको ‘उदाएर आयौँ तिमी’ (भिडियो) « Khabarhub

ब्याससँग अकेशाको ‘उदाएर आयौँ तिमी’ (भिडियो)


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूर्य एन श्रेष्ठ निर्देशित फिल्म  ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । 

आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । ‘उदाएर आयौँ तिमी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार ब्यास बिस्शु र अकेशा बिष्टलाई फिचर्ड गरिएको छ । प्रविसा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतीक पौडेलको संगीत छ । गीत रिलिज कार्यक्रममा शिल्पा मास्के, निलम चन्द, लोकेन्द्र लेखक एसोसिएट निर्देशक दीपक वली लगायतको उपस्थिति रहेको थियो ।

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास बिस्स, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । यसमा एलिसा कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठको स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । फिल्मको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् । 

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ४९ बजे

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य