म्याग्दीमा मतदान अधिकृतहरूलाई तालिम दिइँदै « Khabarhub

म्याग्दीमा मतदान अधिकृतहरूलाई तालिम दिइँदै


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि म्याग्दीमा तालिम सञ्चालन गरिएको छ ।

जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई शनिबारदेखि बेनीमा तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

“धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका पुरै, रघुगङ्गाको ४, ५, ६, ७ र ८ का मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगङ्गाको १, २ र ३ नम्बर वडाका अधिकृतलाई आइतबार तालिम सञ्चालन गर्दछौँ,” उनले भने ।

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ मतदाता छन् ।

दुई सय पैँतिस पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदान र सहायक मतदान अधिकृत नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : ०६ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२