अमेरिकामा अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिप हुने « Khabarhub

अमेरिकामा अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिप हुने


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औँ संकरणमा तीन सयभन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ ।

च्याम्पियनसिप मे १३ र १४ तारिखमा अमेरिकाको मिचिगन राज्यमा हुँदैछ । च्याम्पियनसिपका लागि मे १० तारिखसम्म खेलाडी दर्ता खुल्ला छ ।

तर, ६ तारिखसम्ममा तीन सयभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आईओएफटीसीको स्थानीय इभेन्ट म्यानेजर अमूल गोर्खालीको भनाइ छ ।

‘अहिलेसम्म खेलाडी दर्ता संख्या तीन सय नाघ्यो, दस तारिखसम्म यो संख्या तीन सय ५० भन्दा माथि पुग्ने देखिएको छ,’ गोर्खालीले भने ।

मिचिगनमा हुन लागेको च्याम्पियनसिपको स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमी रहेको छ । इभेन्ट म्यानेजर अमूल गोर्खालीका अनुसार १३ तारिख खेलाडीको वेट लिइने छ । मुख्य प्रतिस्पर्धा भने मे १४ तारिख हुनेछ ।

च्याम्पियनसिपमा अहिलेसम्म अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । अमेरिकाभित्र पनि मिचिगन बाहेक ११ राज्यका खेलाडीले सहभागिता जनाउँदै छन् ।

गोर्खालीका अनुसार अमेरिकाका विभिन्न राज्यबाट नेपाली खेलाडी मात्र ३२ जनाले अहिलेसम्म नाम दर्ता गराएका छन् । त्यसपछि क्यानडाबाट एक नेपालीसहित १३ खेलाडीको सहभागिताको टुङ्गो लागेको छ । मेक्सिको, कतार, भारत, दक्षिण कोरिया, फिलिपिन्सबाट पनि खेलाडीले भाग लिने छन् ।

च्याम्पियनसिप जुनियर र सिनियर गरी हुनेछ । रोचक पक्ष च्याम्पियनसिपमा कडेट इभेन्ट समावेश गरिएको छ । यो इभेन्टमा पाँच वर्ष मुनि, ६ देखि ७ वर्ष, ८ देखि ९वर्ष, १० देखि ११ वर्ष र १२ देखि १४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गराइने छ ।

यस्तै जुनियर इभेन्टमा १५ देखि १७ वर्ष र १८ देखि ३२ वर्ष उमेर समूहमा प्रतिस्पर्धा हुने छ । इभेन्ट म्यानेजर गोर्खालीका अनुसार सिनियरमा भने महिला तथा पुरुष दुवैतर्फ विश्व तेक्वान्दो महासंघ डब्लुटीएफ र ओलम्पिक फर्म्याटका तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।

मिचिगनको एप्सीलान्टी सिटीमा रहेको इस्टर्न मिचिगन विश्वविद्यालयस्थित जर्ज गेर्विन गेम ओभर सेन्टरमा हुने च्याम्पियनसिपको सिनियर पुरुषमा ५४ केजीमुनी, ५८ केजीमुनी, ६३ केजीमुनी, ६८ केजीमुनी, ७४ केजीमुनी, ८० केजीमुनी, ८७ केजीमुनी र ८७ केजीमाथि तौल समूहमा समावेश छ ।

यस्तै महिला तर्फ ४६ केजीमुनी, ४९ केजीमुनी, ५३ केजीमुनी, ५७ केजीमुनी, ६२ केजीमुनी, ६७ केजीमुनी, ६३ केजीमुनी, ७३ केजीमुनी र ७३ केजीमाथि प्रतिस्पर्धा हुने छ ।

गोर्खालीका अनुसार ह्याभी वेट बाहेक अन्य तौलसमूहमा खेलाडीको दर्ता भइसकेको छ । च्याम्पियनसिप पाँच रिङ्गमा हुने छ ।

च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका छन् । यस्तै रेफ्रि चियरमा अस्ट्रेलियाका रेने लेभोस रहेका छन् । उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियरमा रेमण्ड सु छन् । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।

च्याम्पियनसिपमा २२ जना रेफ्री रहने छन् । जसमा दस जना अन्तर्राष्ट्रिय छन् । अमेरिका बाहिरबाट आठ देशका रेफ्री छन् ।

स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमीका सञ्चालक तथा मुख्य प्रशिक्षक एवं च्याम्पियनसिपका संयोजक लव गोर्खालीले खेलाडीको सहभागिता उत्साहजनक रहेको बताए । ‘कोभिड–१९ का कारण लामो समय देखि बन्द दूतावासहरू भर्खर खुल्दै छन्, त्यसले गर्दा अहिले अन्तरवार्ताको मिति चाँडो पाउनै गाह्रो भएकाले धेरै छुटे तर पनि जुन रूपमा अहिलेसम्म खेलाडी दर्ता भएको छ यो हामीले सोचे भन्दा राम्रो हो,’ लव गोर्खालीले भने ।

च्याम्पियनसिपमा स्थानीय, जुनियरदेखि यूएस च्याम्पियन खेलेका सम्म खेलाडीले भाग लिने लव गोर्खालीको भनाइ छ । ‘सिनियर इभेन्टमा यूएसए तेक्वान्दोको अनुभव भएका खेलाडी पनि छन्, रेफ्रि पनि वल्र्ड तेक्वान्दो र ओलम्पिक खेलाएका छन्,’ उनले भने ।

गोर्खालीले अब आफूहरू पाहुनाको स्वागतका लागि तयार रहेको बताए । ‘हामी रेडी टु गोमा छौं । सबै अतिथिको प्रतिक्षामा छौं । उहाँहरूको स्वागतका लागि आतुर छौं,’ उनी भन्छन् ।

च्याम्पियनसिपलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघ (युएनटीफ) र गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोग रहने छ ।

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हेडक्वाटर पोर्टल्यान्डको आयोजनामा यो च्याम्पियनसिप सन् २००० देखि सुरु भएको हो । सुरुआती दुई संस्करण नेपालमा भएको च्याम्पिनसिप भारत, हङकङ र बेलायतमा पनि आयोजना भइसकेको छ ।

अमेरिकामा यो च्याम्पियनसिप हुन लागेको चौथो पटक हो । यस अगाडि हेडक्वाटर ओरिगनको पोर्टल्यान्डमा मात्र आयोजना हुँदै आएको च्याम्पियनसिप अमेरिका भित्र अन्य राज्यमा हुन लागेको पहिलो पटक हो ।

च्याम्पियनसिपको १२ औं संस्करण सन् २०१८ मा नेपालमा भएको थियो । १३ औं च्याम्पियनसिप यस अगाडि २०२० मा हुने भनिएकोमा कोभिडका कारण स्थगित भएको थियो ।

आईओएफटीसीका महासचिव क्यारेन ब्लाल्कलेज र बोर्ड डाइरेक्टर मास्टर दिवाकर डान महर्जनले संयुक्त अपिल जारी गर्दै भनेका छन्, ‘१३ औं संस्करणमा हामी विश्वलाई स्वागत गर्न आतुर छौँ ।’

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : ५६ बजे

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी