‘पढ्न र काम गर्न विदेश जाने नेपालीको श्रम मूल्य’ « Khabarhub

‘पढ्न र काम गर्न विदेश जाने नेपालीको श्रम मूल्य’

के नेपालमा श्रमको मूल्य छ ? राम्रो पढाई हुन्छ ?


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म आफ्नो बुझाई र समग्र अनुभव राख्न चाहन्छु । नेपालमा पढाई किन पछि पर्‍यो भनेर भारतमा हेरियो भने ‘टीआईएस’ भन्छ त्यो भनेको चाहिँ ‘डाटा इनसेफ सोसल साइन्स’ हो। श्रम अध्ययनसँगै श्रम तथा मजदुर उद्योग पनि चाहिन्छ ।

श्रम अध्ययन हालसम्म ५ वटा देशहरुमा मात्रै गर्न पाइने रहेछ । जमर्नीको क्यासल इन युनिभर्सिटी, प्यानेसिल इन युनिभर्सिटी अमेरिका, चीन, ब्राजिल, क्यानडा र दक्षिण अफ्रिकामा यो पढाई हुन्छ । त्रिभुवन विश्वविद्यालयले कम्तीमा सुरुवात त गरेको छ । त्यसमा म खुसी महसुस गर्छु । किनकि मैले आफ्नै देशमा पढ्ने मौका पाएँ ।

नेपालीहरू किन विदेश जान्छन् भने पढाइको लागी, बस्नको लागी वा काम गर्न । के नेपालमा मर्यादित श्रम र उचित ज्याला छ ? रोजगारीको सिर्जना कस्तो छ ? स्वरोजगार बन्ने वातावरण के छ ? युवालाई उद्यमशीलताको काम भएको छ त ? योजना र कार्य त एकदम राम्रो छ । तर कार्यान्वयनमा कति भएको छ ? त्यो अनुसार मैले मेरो धारणा बनाएको हुँ ।

सरकार भनेकै न्याय दिलाउने संस्था हो । नागरिकता वा पासपोर्ट दिएर नेपालीहरूलाई बाहिर पठाउने त होइन नि । किनकि हामीले पाएको रेमिट्यान्स भनेको ‘कन्जन्स’मा गएको छ । अरुमा भर पर्दै गएको छ । ऐन, नियम र सुशासनमा चल्ने सरकार छ त हाम्रो ? सामान्य कर्मचारीहरूले पाउने तलब र खडा गरेको माहौल कतिको अन्तर छ ? सामान्य नेताहरू पनि चाँडै सम्भ्रान्त भएको त देख्नु भएको छ नि ?

अब मेरो आफ्नो जिज्ञासा म लेबर पढ्छु, यो विषयमा बोल्न पाउँदा खुसी लाग्छ, लेबर भन्ने बित्तिकै पाखुरा र बुद्धि प्रयोग गरी रिवट रुपमा ज्याला प्राप्त गर्ने जो सुकै नि लेबर हो । हामीले पढेर बुझेको यो भनाइ के हाम्रो देशले स्वीकारको छ, ठूला भनाउँदाहरुले यो देशमा त्यसरी बुझेका छन् लेबरलाई ।

‘फ्युचर वल्र्ड वर्क’ भन्ने बित्तिकै ‘रिट्रेन्ड’ गर्ने, रि–स्किल गर्ने हो । किनकि उनीहरु नयाँ वातावरणमा एडजस्ट हुनुपर्छ । तर के हामी अन–इस्कील छौँ ? के नयाँ काम सिक्न जाने हो ? त्यो एउटा भयो । अर्को मर्यादित श्रम, के हामीले उचित ज्याला पाएको छौ ? जसले काम गरेका छन् उनीहरुले पाएको ज्यालाबाट आफ्ना बालबच्चा पाल्न सक्षम छन् त ?

हाम्रो ग्रासुट लेभलमा त्यो सम्म भएको छ । अर्को कुरा लेबर माइग्रेसन र स्टुडेन्ट माइग्रेसन मेरो बिचारमा एउटै लाग्छ । जति नि विद्यार्थीहरु विदेशमा गएका छन् के सबै पढाइको लागि मात्रै गएका हुन् त ? यो सोचनीय विषय हो ।

यस्ता विषयमा जति धेरै बहस । जति धेरै छलफल । जति धेरै अध्ययन अनुसन्धान हुन्छ । त्यही अनुसार काम गर्दै जानुको विकल्प छैन । नभए भोलिका दिनमा यो समस्या देशकै लागि विकराल बन्न सक्छ ।

(प्रस्तुति : मौसमी राना)

https://www.facebook.com/watch/?v=578262757080519

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ४१ बजे

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार