रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता « Khabarhub

रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्।

रास्वपा अनुशासन आयोगका पूर्वप्रमुखसमेत रहेका उनले सोमबारदेखि लागु हुने गरी पार्टी सदस्यता त्यागेको बताएका छन्।

उनले आफू वृद्ध पनि भएकाले अब पार्टीमा सक्रिय भएर काम गर्ने अवस्था नरहेको जनाएका छन् । ‘मेरो उमेर पनि धेरै भयो । अब पार्टीमा योगदान दिइरहन सक्ने अवस्था नलागेकाले सदस्यता त्यागेँ’, उनले भने, ‘मैले रास्वपाको वेबसाइटबाट सदस्यता झिकिसकेको छु।’

यसअघि रास्वपाले केन्द्रीय कार्यालय रहेको भवनको १० महिनादेखि भाडा नतिरेपछि घरधनी उनै देवकोटाले तीन महिनाभित्र खाली गर्न गत असोजमा अल्टिमेटम दिएका थिए।

लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएका थिए ।

अमेरिकाबाटै देवकोटाले १० महिनाको भाडावापतको रकम नपाएको र पार्टीलाई सापट दिएको पैसा पनि नदिएको बताएका थिए । देवकोटाको उक्त घर रास्वपाले मासिक तीन लाख पचास हजार रुपैयाँमा भाडा तिर्ने गरी लिएको थियो ।

रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएका थिए । सथापनाका बेला बसुन्धरामा रहेको रास्वपाको कार्यालय देवकोटाको घरमा सारिएको थियो।

रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए।

उनी २०८१ मा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा सल्लाहकार नियुक्त गरेका थिए ।

डा. देवकोटा अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनमा दुई दशकभन्दा बढी काम गरेको अनुभव भएका व्यक्ति हुन् । उनले थुप्रै देशमा सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरको जिम्मेवारी निभाएका थिए ।

डा. देवकोटाले व्यवस्थापन विषयमा अमेरिकाको वासिङ्टन इन्टरनेसनल युनिभर्सिटीबाट पीएचडी गरेका छन् । उनीसँग विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थामा काम गरेको अनुभव छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका प्रमुख थिए ।

उनी रविको सचिवालयमा आएएपछि कार्यवाहक अनुशासन विभाग प्रमुखको जिम्मेवारी यज्ञमणि न्यौपानेलाई दिइएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : १७ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको