कुहिने र नकुहिने नछुट्याए काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने « Khabarhub

कुहिने र नकुहिने नछुट्याए काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने

मेयर शाह भन्छन्– नछुट्टाएको फोहोर फर्काउँछौँ  


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्टाएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् ।

‘नछुट्टाएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

महानगरले पहिलेका कमजोरी वा गल्तीहरू नदोहोर्‍याउने प्रतिबद्धता उनले जनाएका छन् । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्ने दाबी उनको छ ।

‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईँले छुट्टाइसकेको फोहोरलाई महानगरले पुनः एक ठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईँले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन,’ उनले भनेका छन् ।

अब फोहोर उठ्ने र यो सबैको लागि खुसीको खबर भएको मेयर शाहले बताएका छन् । उनी अगाडि लेख्छन्, ‘अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।’

फोहोर उठ्नु मात्रै समाधान नभएको भनाई उनको छ । महानगरको फोहरको समस्याको दीर्घकालीन समाधानको लागि अझै धेरै गर्न बाँकी रहेको उनले जनाएका छन् ।

‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्याँकेर वा थुपारेर हुँदैन,’ मेयर शाहले भनेका छन् ।

महानगरवासीको साथबिना समस्याको समाधान निकाल्न सम्भव नहुने उनले बताएका छन् । उनले आग्रह गरेका छन्, ‘अब तपाईँको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोर छुट्टिएर निस्किउन् ।’

कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन गर्न सहज हुने दाबी मेयर शाहको छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो महानगरवासी स्वच्छ र स्वस्थ काठमाडौँ बाँच्न पाउने उनले बताएका छन् । यस्तो गर्दा महानगरवासीको कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पनि नपर्ने उनले जनाएका छन् ।

‘अहिले थुप्रिएको फोहोरलाई नै छुट्टाउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईँहरूले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ,’ उनले सबै महानगरवासीसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १२ : ४५ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा